ब्याटिङ लयमा फर्किए बटलर : हेडनको एउटा सल्लाहले बदलियो खेल
सारांश
- गुजरात टाइटन्सका विकेटकिपर ब्याटर जोस बटलर आईपीएल २०२६ मा आफ्नो पुरानो लयमा फर्किएका छन्।
- ब्याटिङ प्रशिक्षक म्याथ्यु हेडनको सल्लाह र प्राविधिक सुधारले बटलरलाई उत्कृष्ट प्रदर्शन गर्न मद्दत पुर्याएको छ।
- बटलरले आफ्नो टी-२० करियरको १००औँ अर्धशतक पूरा गर्दै आलोचकहरूलाई जवाफ दिएका छन्।
काठमाडाैँ। गुजरात टाइटन्सका विकेटकिपर ब्याटर जोस बटलर आईपीएल २०२६ मा पुनः आफ्नो पुरानो लयमा फर्किएका छन्। टी–२० विश्वकप २०२६ मा खराब प्रदर्शनका कारण आलोचित बनेका बटलरले आईपीएलका सुरुवाती खेलहरूमा उत्कृष्ट ब्याटिङ गर्दै आलोचकहरूलाई जवाफ दिएका हुन्।
विश्वकपका ८ इनिङ्समा मात्र ८७ रन बनाएका बटलरले आईपीएलमा पञ्जाब विरुद्ध ३८, राजस्थान विरुद्ध २६ र दिल्ली विरुद्ध ५२ रनको योगदान दिए। पछिल्लो खेलमा ६० रन प्रहार गर्दै उनले आफ्नो टी–२० करियरको १००औँ अर्धशतक समेत पुरा गरे।
खेलपछि कुरा गर्दै बटलरले क्रिकेटबाट केही समय टाढा रहँदा र आफ्ना कमजोरीबारे सोच्ने समय पाउँदा लय समात्न सजिलो भएको बताए। आफ्नो पुनरागमनमा गुजरातका ब्याटिङ प्रशिक्षक म्याथ्यु हेडनको ठूलो हात रहेको बटलरले खुलाए।
‘हेडनले मलाई पहिलो सेसनमै तिमीले बललाई राम्ररी हेरिरहेका छैनौ जस्तो देखिन्छ भनेर सोधेका थिए,’ बटलरले भने। दिग्गज खेलाडीबाट प्राप्त यस्तो साधारण तर प्रभावकारी सल्लाहले आफ्नो प्राविधिक समस्या सुधार्न मद्दत गरेको उनले स्वीकार गरे। १५ वर्षदेखि क्रिकेट खेलिरहेका बटलरले अहिले आफ्नो सेटअप र बल ट्रयाकिङमा बढी ध्यान दिइरहेको बताए।
यसका साथै परिवारको साथले पनि आफूलाई खेलको दबाबबाट मुक्त रहन सहयोग पुर्याएको बटलरको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026