हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै
सारांश
- १३० करोडको बजेटमा बनेको बलिउड फिल्म 'ओ रोमियो' बक्स अफिसमा फ्लप भए पनि ओटीटीमा भने हिट साबित भएको छ।
- शाहिद कपुर अभिनित यो फिल्म रिलिज भएको २४ घण्टामै प्राइम भिडियोको टप १० सूचीमा पर्न सफल भएको छ।
- अहिले यो फिल्म भारतमा ओटीटीको ट्रेन्डिङ सूचीको पहिलो नम्बरमा कब्जा जमाउन सफल भएको छ।
मुम्बई । १३० करोडको भारी बजेटमा बनेको एक बलिउड फिल्मले यतिबेला ओटीटी प्लेटफर्ममा तहल्का मच्चाइरहेको छ। सिनेमाघरमा रिलिज हुँदा दर्शक पाउन नसकेको यो फिल्म ओटीटीमा आउने बित्तिकै भने हिट साबित भएको छ।
रिलिज हुने बित्तिकै टप १० लिस्टमा पर्न सफल यस फिल्मको नाम ‘ओ रोमियो’ हो । साहिद कपुर बलिउडमा आफ्ना चरित्रहरूसँग नयाँ प्रयोग गर्न रुचाउने अभिनेता हुन् । जब ओ रोमियोको घोषणा भयो, फ्यानहरूमा ठुलो उत्साह थियो ।
ठुलो बजेटसँगै यसलाई निकै भव्य रूपमा निर्माण गरिएको थियो । फिल्मको सिनेम्याटोग्राफी, एक्सन र साहिदको अभिनयको तारिफ त भयो, तर यसको कथाले बक्स अफिसमा भने अपेक्षा गरे अनुसारको जादु देखाउन सकेन।
बक्स अफिसमा साहिदको यो फिल्म नराम्ररी फ्लप साबित भयो। तर फिल्मको असली भाग्य भने ओटीटीमा लेखिनु बाँकी नै थियो। जब ओ रोमियोलाई ओटीटी प्लेटफर्ममा स्ट्रिम गरियो, दर्शकको नजरिया पूर्ण रूपमा बदलियो। फिल्मको गहिरो कथा र साहिदको रोमियो अन्दाजलाई अहिले दर्शकले निकै रुचाइरहेका छन् ।
यो एक हाई–भोल्टेज एक्सन–रोमान्टिक थ्रिलर फिल्म हो, जुन आफ्नो युनिक कथाका कारण चर्चामा छ। यसको कथा उस्तरा (साहिद कपुर) को वरिपरि घुम्छ, जो एक खतरनाक ग्याङ्स्टर हो। फिल्ममा उस्तरा कसरी आफ्नै मान्छेको धोका र माफियाको चक्रव्यूहमा फस्छ भन्ने देखाइएको छ। कथामा दिमाग घुमाउने थुप्रै ट्विस्टहरू राखिएका छन्।
ओ रोमियो १० अप्रिलमा प्राइम भिडियोमा रिलिज भएको थियो। रिलिज भएको जम्मा २४ घण्टाभित्रै यसले प्लेटफर्मको टप १० लिस्टमा आफ्नो स्थान पक्का गर्यो। अहिले भने साहिदको यो फिल्म भारतमा ओटीटीको ट्रेन्डिङ लिस्टको नम्बर १ मा कब्जा जमाउन सफल भएको छ। फिल्मका डाइलग र साहिदको इन्टेन्स चरित्र यतिबेला सामाजिक सञ्जालमा पनि चर्चाको विषय बनेको छ।
यो फिल्म करिब १३० करोडको लागतमा निर्माण भएको हो। यस फिल्मका लागि साहिदले आफ्नो पारिश्रमिक बापत निर्माताबाट ४५ करोड रुपैयाँ लिएका थिए। बलिउड हंगामाको रिपोर्टअनुसार भारतमा यस फिल्मले जम्मा ५९ करोड रुपैयाँको मात्र व्यापार गरेको थियो भने विश्वभरबाट ९२ करोड रुपैयाँ मात्र कमाइ गर्न सक्यो।
विशाल भारद्वाजले निर्देशन गरेको यस फिल्ममा साहिदका अलावा नाना पाटेकर, फरिदा जलाल, तृप्ति डिमरी र अविनाश तिवारी जस्ता कलाकारहरू मुख्य भूमिकामा छन्। फिल्मका गीतहरू पनि निकै लोकप्रिय भएका छन्। बक्स अफिसमा फ्लप भए तापनि अहिले ‘ओ रोमियो’ लाई ओटीटी प्लेटफर्म प्राइम भिडियोमा दर्शकले निकै हेरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण