हिज्बुल्लाहद्वारा इजरायलमा ड्रोन आक्रमण, लेबनानमा आईडीएफको कारबाही तीव्र
सोमबार, ३० चैत २०८२, १६ : ३१
सारांश
- हिज्बुल्लाहले इजरायलको शोल्मी क्षेत्रमा इजरायली सैनिकलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको छ।
- इजरायली रक्षा बल (आईडीएफ) ले लेबनानको बिन्त ज्बेइलमा गरेको कारबाहीमा सय जना हिज्बुल्लाह लडाकु मारिएको दाबी गरेको छ।
बेरुत । पश्चिम एसियामा तनाव थप चुलिँदै गएको छ । लेबनानी सशस्त्र समूह हेजबुल्लाहले सोमबार इजरायलको शोल्मी क्षेत्रमा इजरायली सैनिकहरूलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको जनाएको छ ।
आक्रमणपछि उक्त क्षेत्रमा इजरायली रक्षा बल (आईडीएफ) ले हवाई आक्रमणको चेतावनी जारी गरेको थियो ।
यसैबिच लेबनानको दक्षिणी भागमा आफ्नो सैन्य कारबाही विस्तार गरिएको आईडीएफले बताएको छ । बिन्त ज्बेइलमा गरिएको आक्रमणमा करिब १०० जना हिज्बुल्लाह लडाकु मारिएको दाबी इजरायली सेनाले गरेको छ ।
साथै, सो क्षेत्रमा ठुलो परिमाणमा हतियारहरू फेला परेको पनि आईडीएफले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण