बारामा भारतीय सहयोगमा विद्यालय र पुस्तकालय भवन बन्ने
सारांश
- बारा जिल्लाको प्रसौनी गाउँपालिकामा भारत सरकारको आर्थिक सहयोगमा विद्यालय र पुस्तकालय भवनको शिलान्यास गरिएको छ।
- करिब ३ करोड ३२ लाख रुपैयाँको लागतमा निर्माण हुने यो भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र अन्य सुविधा रहनेछन्।
बारा । नेपालको मधेश प्रदेश अन्तर्गत बारा जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा नयाँ शैक्षिक पूर्वाधार निर्माण हुने भएको छ। बाराको प्रसौनी गाउँपालिका–२ मा रहेको श्री बेंगा साह माध्यमिक विद्यालयको विद्यालय तथा पुस्तकालय भवनको आज एक विशेष समारोहकाबिच शिलान्यास गरिएको हो।
भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीना र प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालले संयुक्त रूपमा उक्त परियोजनाको शिलान्यास गरेका हुन्। यो परियोजना भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको हो।
यसका लागि भारत सरकारले नेपाली रुपैयाँ करिब ३ करोड ३२ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ। नयाँ बन्ने पूर्वाधारमा तीन तल्ले शैक्षिक भवन हुनेछ जसमा आधुनिक कक्षा कोठाहरू समावेश गरिनेछन्।
विद्यार्थीहरूको चौतर्फी विकासलाई ध्यानमा राख्दै यस भवनमा फर्निचर, पुस्तकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशालाका साथै क्यान्टिन र भान्छाको समेत सुविधा रहनेछ। यो सम्पूर्ण परियोजनाको कार्यान्वयन प्रसौनी गाउँपालिका मार्फत नै गरिनेछ।
शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति र अन्य सरोकारवालाहरूले भारत सरकारको यो विकासात्मक सहयोगप्रति खुसी व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण