सीमा अपराध नियन्त्रणमा सहकार्यको प्रस्ताव
काठमाडौँ । नेपालले चीनसँग सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सहकार्यको प्रस्ताव गरेको छ । गृहमन्त्री सुधन गुरुङसँग साेमबार शिष्टाचार भेटका गर्न पुगेका नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग गृहमन्त्रीले उक्त प्रस्ताव गरेका हुन्।
त्यसक्रममा राजदूत माओमिङले सीमा अपराध रोकथाम गर्ने नेपालको प्रस्तावप्रति चीन सरकार सकारात्मक रहेको बताए । उनले नेपालका सुरक्षा निकायको क्षमता विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सिंहदरबारमा आज भएको भेटमा गृहमन्त्री गुरुङले नेपालमा चिनियाँ सहयोगमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्नेतर्फ भूमिका निर्वाह गर्न आग्रह गरे । उनले नेपाल–चीन जोड्ने अन्तरदेशीय रेलमार्ग निर्माण र दुई देशबीच व्यापार सहजीकरणका लागि अनुरोध गरेको गृहमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ।
त्यसक्रममा गृहमन्त्री गुरुङले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने स्पष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण