नेपालका चाडपर्व र संस्कृति विज्ञानसम्मत छन्: संस्कृतिविद् गुरुङ
काठमाडौँ . संस्कृतिविद् डा. जगमान गुरुङले नेपालका चाडपर्व, रीतितिथि र संस्कृति विज्ञान एवं प्रकृतिसम्मत भएको बताएका छन्। नयाँ वर्ष २०८३ को सन्दर्भमा नेपालको मौलिक परम्परा र समाजको अन्तरसम्बन्धबारे चर्चा गर्दै उनले विक्रम संवत् शाश्वत र वैज्ञानिक भएको तर्क गरे।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति समेत रहेका गुरुङले नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुवातको रूपमा लिनुपर्ने उल्लेख गरे। वसन्त ऋतुको आगमनसँगै प्रकृतिमा देखिने नयाँपन र बिरुवामा पलाउने पालुवा जस्तै मानव जीवनमा पनि यसले नयाँ ऊर्जा भर्ने उनको भनाइ छ।
"विक्रम संवत् सबैभन्दा पुरानो संवत्का रूपमा स्थापित छ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी पृथ्वीको उत्तरी गोलार्धमा पुगेर मेष राशिबाट यात्रा सुरु गर्ने दिन हो," डा. गुरुङले भने, "यो मेष सङ्क्रान्ति सूर्यको गतिसँग चल्ने भएकाले पूर्ण रूपमा वैज्ञानिक छ।" सूर्य मेष राशिमा प्रवेश गरी पुनः मीन राशिमा पुगेर छोड्दा एउटा वर्ष पूरा हुने चक्र नै विक्रम संवत्को आधार भएको उनले स्पष्ट पारे।
विक्रम संवत् विक्रमादित्यभन्दा पनि पुरानो समयदेखि प्रचलनमा रहेको दाबी गर्दै उनले यसको ऐतिहासिकता र खगोलीय महत्त्वलाई नजरअन्दाज गर्न नमिल्ने बताए। डा. गुरुङसँगको यो विस्तृत संवाद राष्ट्रिय समाचार समिति (रासस) को भिडियो सेवामार्फत समेत उपलब्ध हुने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण