मोटरसाइकल दुर्घटनामा परेका इन्स्पेक्टर लामाको मृत्यु
सारांश
- काठमाडौँको तारकेश्वरमा मोटरसाइकल दुर्घटनामा परेका प्रहरी निरीक्षक अभय लामाको उपचारका क्रममा निधन भएको छ ।
- चैत २९ गते ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामाको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको थियो ।
- दुर्घटना गराउने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको मृत्यु भएको छ । उपचारको क्रममा उनको ललितपुर स्थित बिएण्डबी अस्पतालमा मृत्यु भएको हो ।
चैत २९ मा तारकेश्वर नगरपालिका–८ स्थित डाँडागाउँमा लामाले चलाएको बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । इन्स्पेक्टर लामाको शव बिएण्डबी अस्पतालमै राखिएको छ । विदेशमा रहेका परिवारका सदस्यहरू आएपछि शव हस्तान्तरण गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । इन्स्पेक्टर लामा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए ।
लामा रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ का स्थानीय हुन् । कर्तव्य पालनाको सिलसिलामा उनको दुःखद निधन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बताए । उनी लामा कार्यालयको काम सकेर फुुटुङस्थित डेरामा जाँदै गर्दा उनले चलाएको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो ।
उनको दायाँ खुट्टाको नशा चुँडिएको, टाउको र छातीमा चोट लागेको थियो । दुर्घटना गराउने ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–५ घर भएका ३८ वर्षीय आईत राम मोक्तानलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
२०७२ मा प्रहरी जवानबाट प्रहरी सेवामा प्रवेश गरेका लामाले खुल्ला प्रतिस्पर्धामा प्रहरी सहायक निरीक्षक र २०७७ मा प्रहरी निरीक्षकमा नाम निकालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण