सांसदका स्वकीय सचिव ब्युताउन सरकारलाई अनुरोध गर्नेबारे छलफल
सारांश
- सङ्घीय संसद्का सदस्यहरूलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था गर्न सरकारलाई अनुरोध गर्ने विषयमा छलफल भएको छ।
- सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहितको बैठकले स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्था गर्न कानुन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।
काठमाडौँ । सङ्घीय संसद्का सदस्यहरूलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था गर्न सरकारलाई अनुरोध गर्ने विषयमा छलफल भएको छ ।
सभामुख डोलप्रसाद (डिपी) अर्याल,राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुबी कुमारी ठाकुर, राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारी, सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव, राष्ट्रिय सभाका सचिव तथा सङ्घीय संसद् सचिवालयका सचिवहरूको बैठकले सांसदहरूलाई स्वकीय सचिव राख्न पाउने व्यवस्थाका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत अनुरोध गर्ने विषयमा छलफल भएको हो।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि खर्च कटौती गर्न भन्दै संसद्का र सरकारका पदाधिकारीको स्वकीय सचिव राख्न नपाउने गरी नियमावली बनाएको थियो ।
सभामुख अर्यालको सचिवालयले प्रेस नोट जारी गर्दै सङ्घीय संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी राख्न पाउने व्यवस्थाका लागि अनुरोध गर्ने विषयमा छलफल भएको जानकारी गराएको छ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सांसदका स्वकीय सचिवका योग्यताको विषयका साथसाथै आवश्यक समन्वय गर्ने विषयमा छलफल भएको जानकारी रातोपाटीलाई दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण