प्रधानमन्त्री कपको आजको खेलमा मधेस प्रदेश विजयी
पर्सा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा मधेस प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । बुधबार वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा मधेस प्रदेशले चार विकेटले नेपाल पुलिस क्लबलाई हराएको हो । नेपाल पुलिस क्लबले ४० दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १३० रन जोडेको थियो।
नेपाल पुलिस क्लबका कुशल भुर्तेलले ४२ बलमा ३९ रन जोडेका थिए । त्यस्तै नेपाल पुलिस क्लबका शङ्कर रानाले ६१ बल खेल्दै २७ रन जोडेका थिए । मधेस प्रदेशका आशिक बैंठा र पवन सर्राफले समान तीन–तीन विकेट लिएका थिए।
मधेस प्रदेशले २४ दशमलव १ ओभरमा छ विकेट गुमाउँदै एक सय ३१ रन जोडेको थियो । मधेस प्रदेशका अरनिको यादवले ४४ बल खेल्दै ६५ रन जोडेका थिए भने रूपेश सिंहले पनि २९ बलमा २७ रन जोडेका थिए । नेपाल पुलिस क्लबका गुल्सन झाले तीन विकेट र सागर ढकालले दुई विकेट लिएका थिए।
आजको खेलमा मधेस प्रदेशका अरनिको यादव प्लेयर अफ दि म्याच घोषित हुँदै नगद रु पाँच हजार पुरस्कार पाएका छन् । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल यही वैशाख ४ गते हुँदैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण