दक्षिण कोरियामा अमेरिकी लाइभस्ट्रिमरलाई ६ महिना जेल सजाय
सारांश
- दक्षिण कोरियामा यौन दासीको शालिकमाथि अश्लील हर्कत गर्ने अमेरिकी लाइभस्ट्रिमर जोनी सोमालीलाई ६ महिनाको जेल सजाय तोकिएको छ।
- अदालतले सार्वजनिक उपद्रव र यौनजन्य डिपफेक सामग्री वितरण गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो।
- विगतमा जापान र इजरायलमा पनि विवादित हर्कत गरेका खालिदमाथि जेल सजायपछि पनि विभिन्न प्रतिबन्ध लगाइएको छ।
सियोल। दक्षिण कोरियामा दोस्रो विश्वयुद्धका यौन दासीहरूको सम्मानमा राखिएको शालिकमाथि अश्लील हर्कत गर्ने अमेरिकी लाइभस्ट्रिमर जोनी सोमालीलाई ६ महिनाको जेल सजाय सुनाइएको छ। सन् २०२४ को नोभेम्बरमा कोरिया भ्रमणका क्रममा उनले शालिकलाई चुम्बन गरेको र आपत्तिजनक नृत्य गरेको भिडियो सार्वजनिक गरेपछि उनीमाथि सार्वजनिक उपद्रवको मुद्दा चलाइएको थियो।
२५ वर्षीय इस्माइल राम्जी खालिद, जो सामाजिक सञ्जालमा ‘जोनी सोमाली’ का नामले चिनिन्छन्, आफ्ना विवादास्पद र उत्तेजक सामग्रीका कारण कुख्यात छन्। सियोलको एक अदालतले बुधबार खालिदलाई सार्वजनिक उपद्रो र यौनजन्य डिपफेक सामग्री वितरण गरेको लगायतका विभिन्न अभियोगमा दोषी ठहर गरेको हो।
अदालतले आफ्नो फैसलामा खालिदले युट्युबमार्फत पैसा कमाउनका लागि कोरियाली कानुनको धज्जी उडाउँदै सर्वसाधारण विरुद्ध बारम्बार अपराध गरेको उल्लेख गरेको छ। सरकारी वकिलहरूले उनलाई तीन वर्षको जेल सजाय माग गरे पनि पीडितहरूलाई गम्भीर शारीरिक हानि नपुगेको भन्दै न्यायाधीशले सजाय घटाएर ६ महिना कायम गरेका हुन्।
जेलबाट छुटेपछि पनि उनलाई नाबालक र अपाङ्गता भएका व्यक्तिहरूसँग सम्बन्धित संघसंस्थाहरूमा काम गर्न प्रतिबन्ध लगाइएको छ। दोस्रो विश्वयुद्धको समयमा एसियाभरका करिब २ लाख महिलाहरूलाई जापानी सैनिकका लागि यौन दासी (कम्फर्ट विमेन) बन्न बाध्य पारिएको थियो।
दक्षिण कोरियाभरि यस्ता पीडित महिलाहरूको सम्झनामा राखिएका शालिकहरूलाई अत्यन्तै सम्मान र संवेदनशीलताका साथ हेर्ने गरिन्छ। खालिदले नोभेम्बरमा आफूले ती शालिकको महत्व नबुझेको भन्दै माफी मागेका थिए, तर धेरैले उनको माफीलाई बनावटी र ढोंगको संज्ञा दिएका छन्।
कोरियामा अनुसन्धान चलिरहँदा पनि उनले स्थानीय बासिन्दाहरूलाई आफूसँग झगडा गर्न चुनौती दिने गरेका थिए। सार्वजनिक यातायातमा अश्लील भिडियो बजाउने, पसलहरूमा तोडफोड गर्ने र मानिसहरूलाई दुख दिने जस्ता कार्यमा उनी संलग्न देखिन्थे। सामाजिक सञ्जालमा उनलाई स्थानीयहरूले लखेटेको र मुक्का हानेका भिडियोहरू समेत भाइरल भएका थिए।
खालिदको यो पहिलो विवाद भने होइन। यसअघि उनले जापान र इजरायलमा पनि यस्तै समस्या निम्त्याएका थिए। सन् २०२३ मा जापानमा उनले हिरोसिमा र नागासाकी बमबारीको मजाक उडाउँदै स्थानीयलाई जिस्क्याएका थिए भने एक रेस्टुरेन्टमा ठूलो स्वरमा संगीत बजाएर अवरोध पुर्याएपछि उनलाई जरिवाना गरिएको थियो।
त्यस्तै, २०२४ को सुरुमा ‘पश्चिम एसिया’ को इजरायलमा एक महिला प्रहरीमाथि अभद्र टिप्पणी गरेपछि उनलाई पक्राउ गरिएको थियो। आफ्ना हर्कतका कारण उनी धेरै स्ट्रिमिङ प्लेटफर्महरूबाट समेत प्रतिबन्धित भइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण