समय अझै इरानको पक्षमा छ
सारांश
- अमेरिकाले इरानसँगको शान्तिवार्ता असफल भएपछि होर्मुजमा नाकाबन्दी गर्ने घोषणा गर्दै युद्ध चर्काएको छ।
- इरानले होर्मुजको नियन्त्रण र नाकाबन्दीलाई आफ्नो पक्षमा उपयोग गर्दै वैश्विक ऊर्जा आपूर्तिमा ठूलो चुनौती खडा गरेको छ।
- ट्रम्पको वर्तमान नीतिले विश्वभर इन्धनको मूल्यवृद्धि र आर्थिक मन्दीको जोखिम बढाएको छ।
डोनाल्ड ट्रम्प आफूलाई ‘आर्ट अफ डिल’ अर्थात् सम्झौता कलाको महारथी दाबी गर्छन् । तर उनको शैलीमा धैर्यतापूर्वक गरिने सम्झौताहरू भने पर्दैनन् । गत हप्ताको आखिरीमा इरानसँगको असफल शान्तिवार्तापश्चात् अमेरिकाले फेरि इरानसँगको युद्ध चर्काउने निर्णय गरेको छ । त्यसका लागि अमेरिकाले होर्मुजमा नाकाबन्दी गर्ने घोषणा गरेको छ ।
ट्रम्पको पछिल्लो कार्यनीति थप प्रत्युत्पादक हुने सम्भावना छ । इरानले स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गर्दा वैश्विक रूपमा इन्धनको मूल्य झ्याप्पै बढेको थियो । अब अमेरिकाले गर्ने भनेको नाकाबन्दीले तेल र ग्यासको मूल्य अझै बढाउन थालेको छ । यसो गर्दा अझै इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमा हमला गर्ने जोखिम बढ्छ ।
इरानीहरू अहिलेको लडाइँमा समय आफ्नो पक्षमा भएको ठान्छन् । सम्भवतः उनीहरू सत्य हुन सक्छन् । होर्मुजमा जति लामो समय अवरोध हुन्छ, त्यति नै अमेरिका र उसका साझेदार मुलुकहरूमा दबाब बढ्दै जान्छ । फलतः आगामी शान्ति वार्तामा सम्झौताका लागि इरानको पक्ष बलियो हुन्छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का प्रमुख फातिह बिरोलले यसअघि नै वैश्विक ऊर्जा आपूर्तिको २० प्रतिशत गुम्नु भनेको ‘इतिहासकै सबैभन्दा ठूलो ऊर्जा सुरक्षा खतरा’ हो भनिसकेका छन् । साथै उनले आजको सङ्कटलाई सन् १९७० को दशकको तेल सङ्कटको समग्र असरभन्दा ठूलो हुने समेत बताएका छन् । १९७० कै सङ्कटले पनि धेरै वर्षसम्म महँगी, मन्दी र ऊर्जाको लोभ गर्नुपर्ने अवस्था सिर्जना गरेको थियो ।
पम्पहरूमा पेट्रोलको मूल्य बढ्न सुरु भएको छ । हवाई इन्धनको अभावका कारण हवाई यात्रामा असर पर्नेवाला छ, जसका कारण युरोपमा महत्त्वपूर्ण पर्यटनको मौसममा पर्यटक आवागमनमा नराम्रो असर पर्नेवाला छ ।
गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा आक्रमण थाल्नुअघि नै समुद्रमा पुगेका तेल र ग्यास बोकेका जहाजहरू अब बिस्तारै आफ्नो गन्तव्यमा पुग्दैछन् । तिनीहरूको बाँकी भएको ढुवानीका कारण जारी युद्धको असर तत्काल ठूलो मात्रामा पर्नबाट जोगिएको हो । अब भने स्ट्रेट अफ होर्मुजमा भएको कडाइ र बन्द तथा खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमा भएको इरानी हमलाको असर देखिन सुरु भएको छ ।

पम्पहरूमा पेट्रोलको मूल्य बढ्न सुरु भएको छ । हवाई इन्धनको अभावका कारण हवाई यात्रामा असर पर्नेवाला छ, जसका कारण युरोपमा महत्त्वपूर्ण पर्यटनको मौसममा पर्यटक आवागमनमा नराम्रो असर पर्नेवाला छ । कतारमा उत्पादन हुने हेलियमको अभावमा सेमिकन्डक्टरको उत्पादन रोकिन सक्छ । मल अभावका कारण खाद्य उत्पादनमा ठूलो असर पर्नेवाला छ । एसियाली विकास बैंकले केहीअघि मात्रै एसियाका विकासशील मुलुकहरूको आर्थिक वृद्धि १ प्रतिशतभन्दा बढीले घट्ने अनुमान सार्वजनिक गरिसकेको छ ।
अझै पनि डोनाल्ड ट्रम्प भने होर्मुजमा हुने नाकाबन्दीमार्फत थोपरिने आर्थिक दबाबले इरानलाई घुँडा टेकाउने आशामा छन् । तर इरानको सत्ता उनले सोचेजस्तो छैन, स्रोतसाधनले भरपुर छ । साथै जीवनमरणको लडाइँका लागि निर्ममतासाथ तयार छ । महँगो मूल्यमा तेल बिक्री गरेर अहिले इरानले आफूलाई केही हदसम्म आर्थिक रूपमा सुरक्षित पनि पारेको छ । साथै आगामी दिनमा पाइपलाइनमार्फत हुने निर्यातमार्फत थप आम्दानी हात पार्ने सम्भावना पनि ज्यादै छ ।
यदि इरानमाथि लगाइएको ट्रम्पको नाकाबन्दीले इरानलाई झुकाउन नसकेको खण्डमा उल्टै अमेरिकाले धेरै असहज परिस्थितिको सामना गर्नुपर्नेछ । ट्रम्पले इरानको पूर्वाधार ध्वस्त पार्ने वा सैन्य कारबाही सञ्चालन गरेरै भए पनि होर्मुजको बाटो खोल्ने विषय यसअघि नै चर्चामा ल्याइसकेका छन् ।
ट्रम्पले घोषणा गरेजस्तो इरानका ऊर्जा उत्पादन केन्द्र तथा समुद्रबाट छानेर खानेपानी आपूर्ति गर्न बनाइएका ‘वाटर डिसालिनेसन’ केन्द्रहरूमा अमेरिकाले युद्ध थप चर्काउने निर्णय गरेको अवस्थामा इरान पनि चुप बस्ने छैन ।
तर सत्य अझै निर्मम छ । यदि ट्रम्पले अघि सारेका विकल्पहरू ठीकठाक थिए वा काम लाग्ने थिए भने यसअघि नै प्रयास भइसक्ने थियो । मानौँ, अमेरिकाले बल प्रयोग गर्दै आफ्ना केही युद्धपोतहरू होर्मुज वारपार गरायो नै भने पनि त्यसले व्यावसायिक जहाजहरूको आवतजावतको सुरक्षा सुनिश्चितता गराएको भन्ने हुँदैन । इरानले हरेक जहाज वा ट्याङ्करलाई रोक्नैपर्छ वा डुबाउनैपर्छ भन्ने छैन । ड्रोन वा ‘स्पिड बोट’ को सहारामा थोरै सङ्ख्यामा हमला गर्दा मात्रै पनि ट्याङ्करहरूको बिमा गर्न नसकिने अवस्था आउँछ । त्यसले गर्दा ट्याङ्करहरू यात्रा गर्न तयार नहुन सक्छन् ।

ट्रम्पले घोषणा गरेजस्तो इरानका ऊर्जा उत्पादन केन्द्र तथा समुद्रबाट छानेर खानेपानी आपूर्ति गर्न बनाइएका ‘वाटर डिसालिनेसन’ केन्द्रहरूमा अमेरिकाले युद्ध थप चर्काउने निर्णय गरेको अवस्थामा इरान पनि चुप बस्ने छैन । इरानीहरूले पनि खाडी क्षेत्रका त्यस्तै पूर्वाधारमा हमला गर्ने धम्की दिइसकेका छन् । ‘डिसालिनेसन प्लान्ट’हरूबाट प्रशोधित शुद्ध पानीको अभावमा युएई र साउदी अरबमा बाँच्नै असम्भव हुने अवस्था सिर्जना हुन्छ ।
साउदी अरबमा तेलका पाइपलाइनहरू लालसागर जोड्नेगरी बनाइएका छन् । तिनीहरूले होर्मुजको विकल्पमा थोरै काम गर्न सक्छन् । त्यस्ता विकल्प बन्न सक्ने पूर्वाधारहरू यसअघि नै इरानले आक्रमणको निशानामा पारिसकेको छ र आगामी दिनमा पनि सहजै आक्रमण गर्न सक्छ । समुद्री किनारा नजिक रहेका साउदी तेल कुवाहरू आक्रमणको जोखिममा छन् । साथै इरानको साझेदारका रूपमा रहेको हुथी समूहले लालसागरबाट हुने निर्यात पनि अवरोध गर्न सक्छ । त्यसका लागि हुथीले बाब अल–मान्डेबबाट ओहोरदोहोर हुने जहाजलाई निशाना बनाउन सक्छ ।
मेरिकाले होर्मुजमा नाकाबन्दी घोषणा गर्नुअघि नै तेल उद्योगका धेरै फर्महरू चुपचाप इरानलाई शुल्क बुझाउन तयार देखिएका थिए ।
जारी युद्धको नराम्रो राजनीतिक तथा रणनीतिक असर केवल मध्यपूर्वमा मात्रै सीमित रहँदैन । आयरल्यान्डमा यसअघि नै इन्धनको मूल्य वृद्धिलाई लिएर ठूलो आन्दोलन भइसकेको छ । गत हप्ता आन्दोलनले देश नै ठप्प पारेको थियो । आन्दोलनका कारण अवरुद्ध भएका बन्दरगाह तथा राजमार्ग खुलाउनका लागि सरकारले सेना परिचालन गर्नुपरेको थियो । साथै ५ सय ५ मिलियन युरो बराबरको इन्धन अनुदान पनि घोषणा गर्नुपरेको थियो ।
यस्तो आन्दोलनको सामना गर्न बाध्य हुनेहरूमा आयरल्यान्ड केवल पहिलो मुलुक हो । आन्दोलन र अशान्तिको शृङ्खला त्यहीँ रोकिनेवाला छैन । यसअघि नै वित्तीय रूपमा असहजता सामना गरिरहेका एसियाली तथा युरोपेली सरकारहरू आन्दोलनकारीलाई आयरल्यान्डकै शैलीमा फकाउन सक्ने हैसियतमा छैनन् । फ्रान्स यसअघि नै ऋणको दबाबमा छ । त्यहाँ इन्धनको मूल्य वृद्धिलाई लिएर ठूलो विरोध हुने गरेको इतिहास पनि छ । फ्रान्समा त अझ अर्को वर्ष राष्ट्रपतिको निर्वाचन पनि हुँदैछ ।
अमेरिकाले होर्मुजमा नाकाबन्दी घोषणा गर्नुअघि नै तेल उद्योगका धेरै फर्महरू चुपचाप इरानलाई शुल्क बुझाउन तयार देखिएका थिए । प्रतिब्यारेल १ डलरको शुल्क यसअघि नै उल्लेख भइसकेको छ ।
इरानले लगाउन थालेको शुल्क प्रणालीलाई ट्रम्प प्रशासनले स्वीकार्न नसकिने जिद्दी गरिरहेको छ । यो मामलामा अमेरिकाको धारणा ठीकै हो । होर्मुजको शुल्क प्रणालीले संसारभर स्वतन्त्र सामुद्रिक आवतजावत प्रणालीको सुनिश्चिततामा मात्रै असर गर्दैन, मध्यपूर्वको शक्ति सन्तुलनमा पनि व्यापक असर पार्नेवाला छ ।
संसारभरको तेल र ग्यास आपूर्तिमा केवल एउटै देश अर्थात् इरानको नियन्त्रण हुँदा त्यसले तेल उत्पादक राष्ट्रहरूको समूह ‘ओपेक’मा रहेका मुलुकहरूको कार्टेलभन्दा बलियो अवस्था सिर्जना गर्छ । इरानले होर्मुजको नियन्त्रण र शुल्कबाट प्राप्त आयको प्रयोग आफ्ना ‘प्रोक्सी’हरूको पुनर्निर्माण तथा आणविक कार्यक्रम विकासमा गर्न सक्छ ।
जारी अवस्थाको निकास पनि सहज छैन । युद्ध तथा त्यसले ल्याएको ऊर्जा सङ्कटको अन्त्यको छलफल एवं सम्झौताका लागि धेरै कुरा चाहिन्छ । विभिन्न विकल्पहरूको नाफा–घाटा बुझ्न सक्ने तथा आफ्ना साझेदारहरूको भरपर्दो समूह बनाइराख्ने रणनीतिक दृष्टि, धैर्यता तथा समझ चाहिन्छ । ट्रम्पसँग यस्ता कुनै गुण छैनन् । वास्तवमा हामी भद्रगोलमा फसेका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण