एकता प्रक्रियालाई पूर्णता दिन जसपा नेपाल व्यस्त
सारांश
- जनता समाजवादी पार्टी नेपाल अहिले पार्टी एकता प्रक्रियालाई पूर्णता दिन व्यस्त रहेको छ।
- निर्वाचनका लागि हतारमा गरिएको एकताका लागि आवश्यक दस्तावेजहरू तयार गरी आयोगमा बुझाउने काम भइरहेको छ।
- पार्टीले चुनावी समीक्षाका लागि बोलाइएको केन्द्रीय समन्वय समितिको बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ।
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि चुनावी समीक्षा समेत नगरेको जनता समाजवादी पार्टी नेपाल यतिबेला पार्टी एकता प्रक्रियालाई पूर्णता दिन जुटेको छ ।
निर्वाचनअघि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबिच एकता भएको थियो । निर्वाचन प्रयोजनका लागि हतार–हतार एकता प्रक्रिया सुरु गरेको जसपा नेपालले अहिले बल्ल त्यसलाई पूर्णता दिन लागेको हो ।
जसपा नेपालका नेता जितेन्द्र सोनलले हतार–हतारमा पार्टी एकतालाई अगाडि बढाएर चुनावमा भाग लिएकाले अहिले आएर त्यसलाई पूर्णता दिन लागेको बताए । निर्वाचन आयोगले अपुग दस्तावेज मागेको र ती दस्तावेज तयार गरेर आयोगमा बुझाउने काम भइरहेको उनको भनाइ छ ।
त्यसका साथै पार्टी समायोजनको कामलाई पनि अगाडि बढाइएको सोनलले बताए ।
पार्टी एकतापछि गत पुस २७ गते ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनेको थियो । सो समितिमा महन्थ ठाकुरलाई संरक्षक र उपेन्द्र यादवलाई अध्यक्ष, बाँकी सबैलाई सदस्यको रूपमा राखिएको छ । दुवै पार्टीको केन्द्रीय समिति तथा भ्रातृ संगठनलगायत अन्य समितिलाई यथावत राखिएको छ ।
दुवै पार्टीको केन्द्रीय समिति तथा भ्रातृ संगठनहरू केन्द्रीय समन्वय समितिको निर्देशन अनुसार चल्ने सहमति दुई दलको बिचमा भएको थियो । अब दुवै दलबिच समायोजनका काम अगाडि बढ्ने बताइएको छ ।
दुई दलबिच एकता भए पनि चुनावमा पार्टी नराम्ररी पराजित भयो । प्रतिनिधि सभामा जसपा नेपालले एक सिट पनि जित्न सकेन । पार्टी पराजित हुनको कारणबारे अहिलेसम्म समीक्षा भएको छैन । चुनावी समीक्षाका लागि चैत १५ गते केन्द्रीय समन्वय समितिको बैठक बोलाइए पनि सोही दिन अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो । अर्को बैठक कहिले बस्ने भन्ने अझै निश्चित नभएको पार्टी स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाता बन्द भएपछि पनि सरकारी कोषबाट कसरी खर्चिइयो १८ अर्ब ?
-
सबै पुराना स्मार्ट लाइसेन्सको छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
-
अर्जेन्टिनाको ‘म्याजिकल’ कमब्याक शृंखला, इङ्ल्यान्डले कस्तो गल्ती गर्यो ? (भिडियो)
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण