प्रशासनको आँखा छलेर बाल विवाह, कार्ड छाप्नेदेखि खाना पकाउनेसम्म कारबाहीको दायरामा
सारांश
- भारतको मध्य प्रदेशस्थित राजगढ जिल्लामा प्रशासनको आँखा छलेर बालविवाह भएको घटना सार्वजनिक भएको छ।
- प्रहरीले बेहुला-बेहुलीका अभिभावकसहित बालविवाहमा संलग्न पण्डित, प्रिन्टिङ प्रेस सञ्चालक, खाना पकाउने र टेन्ट व्यवसायीलाई समेत मुद्दा चलाएको छ।
काठमाडौँ । बाल विवाहलाई सबैजसो मुलुकले प्रतिबन्ध लगाएका छन् । यद्यपि, प्रशासनको आँखा छलेर यदाकदा बालविवाह भएका घटना प्रकाशमा आउने गरेका छन् ।
भारतमा पनि बाल विवाहमाथि प्रतिबन्ध लगाइएको छ । यद्यपि मध्य प्रदेश राज्यको राजगढ जिल्लामा हालै प्रशासनको आँखा छलेर बाल विवाह भएको घटना प्रकाशमा आएको छ ।
भोजपुर थाना क्षेत्र अन्तर्गत कुशलपुरा गाउँमा बाल विवाह हुन लागेको सूचना पाएर प्रशासन पुग्दा गाउँलेले नै सो घटना लुकाउन मद्दत गरेका थिए । विवाह सम्पन्न भएपछि फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक हुन थाल्यो । त्यसपछि प्रशासनले ‘एक्सन’ लिएको हो ।
प्रहरीले बाल विवाहको कसुरमा मुद्दा प्रक्रिया अघि बढाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बेहुला–बेहुलीको आमाबुवामात्र नभएर बाल विवाहमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सामेल भएका सबैलाई आरोपित बनाएर मुद्दा प्रक्रिया अघि बढाइएको छ ।
विवाहको विधि पूरा गराउने पण्डित, विवाहको निमन्त्रणा कार्ड छाप्ने प्रिन्टिङ प्रेसका सञ्चालकदेखि लिएर खाना बनाउने समूहका सदस्य, टेन्ट भाडामा लगाउने व्यवसायी, विवाहका लागि घोडा उपलब्ध गराउने एजेन्टसहितलाई विपक्षी बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण