काठमाडौँ प्रहरीको फाइल ट्रयाकिङ्ग सिस्टम : ६ महिनामा ३० हजारसँग फोन सम्पर्क
सारांश
- जिल्ला प्रहरी परिसर काठमाडौँले ६ महिनादेखि फाइल ट्रयाकिङ्ग सिस्टम लागू गरेको छ।
- प्रहरीले फोन, म्यासेज र इमेलमार्फत ३० हजारभन्दा बढी उजुरीकर्तासँग सम्पर्क स्थापित गरेको छ।
- बैङ्किङ कसुर, घरेलु हिंसा र हराएका व्यक्तिलगायतका विभिन्न घटनामा यो प्रणाली प्रभावकारी बनेको छ।
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले ६ महिना पहिलेदेखि नै फाइल ट्रयाटिङ्ग सिस्टम लागू गरिएको जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले २०८२ असोजपछि फोन, म्यासेज र इमेलमार्फत फाइल ट्रयाकिङ्ग गरिएको बताए ।
फाइल ट्रयाकिङ्ग सिस्टम डेभलप गरेर ३० हजार ६ सय पटक फोन सम्पर्क, १७ सय म्यासेज र १५ सय ५० पटक इमेल गरेर उजुरकर्तासँग सम्पर्क स्थापित गरिएको बताए । उनले भने, ‘पीडितहरूसँग फलोअपका लागी हामीले फोन, म्यसेज र इमेलमार्फत सम्पर्क गरेका छौँ ।’
बैङ्किङ कसुर, बकपत्र, चालचलन, मानिस हराएको निवेदन, शान्ति सुरक्षा र घरेलु हिंसा जस्ता समस्याको जुरीमा फाइल ट्रयाकिङ्ग सिस्टम विकाश गरिएको भट्टराईले बताए ।
त्यस्तै, क्युआर मार्फत गुनासो र सुझाव संकलन गर्न लागिएको उनले जानकारी दिए । जिल्ला प्रहरी परिसर काठमाडौँमा ६ महिनामा ८३ हजार ५४० जना सेवाग्राहीले सेवा लिएका छन् । सेवाग्राहीका लागी सहजीकरण गर्न नागरिक सहजकर्ता परिचालन गरिएको भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण