आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ प्रहरीले बनायो आपराधिक पृष्ठभूमिका १ हजार ९७ जनाको प्रोफाइल

शुक्रबार, ०४ वैशाख २०८३, १६ : ४९
शुक्रबार, ०४ वैशाख २०८३

काठमाडौँ । काठमाडौँ प्रहरीले आपराधिक पृष्ठभूमिका १ हजार ९७ जनाको प्रोफाइल तयार गरेको छ ।

गुण्डागर्दीमा संलग्नसहति १ हजार ९७ जनाको पुष्ठभूमि सहितको प्रोफाइल तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।

शुक्रबार पत्रकार सम्मेलन गरेर भट्टराईले भने, ‘लागुऔषध, चोरी, गुण्डागर्दी र आपराधिक क्रियाकलपामा संलग्न हुनसक्ने र भएकाहरूले प्रोफाइलिङ गरिएको छ ।’ अनुसन्धानको क्रममा अपराधसँग ‘कनेक्सन’ देखिएका र आशंका गरिएकाहरूको आपराधिक पृष्ठभूमि बोकेकाहरूको प्रोफाइल बनिरहेको उनले जानकारी दिए । 

त्यस्तै काठमाडौँ प्रहरीले हिरासतबाट भागेकाहरूको विवरण डिजिटल माध्यममा अद्यावधिक गरेको छ । ‘भागेकाहरू कागजात छैन भनेर खुला हिँडेका सूचना पाएका छौं,’ एसपी भट्टराईले भने, ‘जेनजी प्रदर्शनमा आगजनी गरिएको ३ हजार २७२ फाइललाई हामीले डिजिटाइजेसन गरेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप