सर्वोच्चले रिहा गर्न आदेश गरेपछि दीपक खड्का अस्पतालबाट पनि डिस्चार्ज
शुक्रबार, ०४ वैशाख २०८३, १७ : १९
सारांश
- सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि पूर्वमन्त्री दीपक खड्का अस्पतालबाट डिस्चार्ज भएका छन्।
- बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो।
काठमाडौँ । पूर्वमन्त्री दीपक खड्का अस्पतालबाट पनि डिस्चार्ज भएका छन् । खड्कालाई चैत १५ मा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको थियो । पक्राउ गरेपछि उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद लिएर अनुसन्धान गरिरहेको थियो ।
हिरासतमा बिरामी भएपछि खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । अदालतले हिरासतमा राख्ने म्याद दिँदासम्म खड्का अस्पतालमै बसे । तर, बिहीबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि उनी अस्पतालबाट पनि डिस्चार्ज भएका छन् ।
शुक्रबार उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीशद्ववय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलले उनलाई थुनामुक्त गर्न आदेश दिएका थिए । हिरासतमा बान्ता गरेपछि उनलाई नर्भिक अस्पताल हुँदै त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण