प्रधानमन्त्रीको १२ वर्ष पुरानो र्याप ब्याटल हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहको १२ वर्ष पुरानो र्याप ब्याटल हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी परेको छ ।
- पूर्व सभासद् सुनिलबाबु पन्तले उक्त र्यापमा अश्लीलता र आपत्तिजनक शब्द प्रयोग भएको भन्दै उजुरी दिएका हुन् ।
- साइबर ब्यूरोले उजुरीमाथि प्राविधिक अनुसन्धान सुरु गरेको जनाएको छ ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को र्याप ब्याटल हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी परेको छ । पूर्व सभासद् सुनिलबाबु पन्तले ब्यूरोमा उजुरी दिएका हुन् । शाहले ‘रअ बार्ज’ मा गरेको ब्याटल युट्युबबाट हटाउनु पर्ने पन्तले निवेदनमा उल्लेख गरेका छन् ।
उजुरीमा शाहले सो ब्याटलमा अश्लीलता प्रदर्शन गरेको दाबी गरिएको छ । पूर्वसभासद् पन्तले दिएको उजुरीमाथि अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी दिलीप गिरीले रातोपाटीलाई बताए । उनले भने, ‘हाम्रो प्राविधिक टिमले हेरिरहेको छ ।’
र्याप ब्याटलमा गाएको १२ वर्षअघिको गीत आपत्तिजनक रहेको उजुरकर्ता पूर्व सभासद् पन्तले रातोपाटीलाई बताए । उनले भने, ‘त्यसमा अन्यलिंगी परिवारलाई आक्षेप लगाएर आपत्तिजनक शब्द प्रयोग गरिएको रहेछ ।’
र्याप ब्याटलमा प्रधानमन्त्री शाह सहितका युवाहरूले एक अर्कालाई छक्का र बलात्कार जस्ता शब्द प्रयोग गरेका छन् । केही दिन अघि प्रधानमन्त्रीलाई अश्लील गाली गरेको आरोपमा एक युट्युबर पक्राउ परेपछि व्यङ्ग्य स्वरुप सो ब्याटललाई धेरैले सेयर गरेका थिए ।
सो गीत रिर्फेस भएर भाइरल भइरहेको र १ करोड ५० लाखले हेरेको हुनाले पन्तले सो गीत युट्युबाट हटाउन माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण