बिस्कुटमा रौँ भेटिएपछि उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना
सारांश
- गुडलाइफ ब्रान्डको डाइजेस्टिभ नट्स बिस्कुटमा रौँ भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि.लाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।
- उपभोक्ताको उजुरीका आधारमा गरिएको स्थलगत अनुगमन र परीक्षणपछि कम्पनीलाई कारबाही गरिएको हो।
काठमाडौँ । ‘गुडलाइफ’ ब्रान्डको ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौँ भेटिएको उजुरीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको गुनासोका आधारमा गरेको अनुगमनपछि एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि.लाई कारबाही गरिएको हो ।
विभागका अनुसार, एक उपभोक्ताले ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौँ परेको भन्दै उजुरी दर्ता गराएका थिए । सोही उजुरीको सम्बोधन गर्न विभाग अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त टोलीले सुनसरीको दुहबीमा रहेको उद्योगको उत्पादन स्थलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा टोलीले गुनासो आएको ब्रान्डको बिस्कुटको नमुना संकलन गरी परीक्षणका लागि विराटनगरस्थित प्रयोगशालामा पठाएको विभागले जनाएको छ ।
अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर ठहर गर्दै सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम उत्पादक कम्पनी एसियन बिस्कुट एण्ड कन्फेक्सनरीलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
विभागले कम्पनीलाई उक्त जरिवाना रकम सात दिनभित्र जम्मा गरी त्यसको प्रमाण पेस गर्न आदेश दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण