पेनाल्टीमा एट्लेटिको मड्रिड पराजित, रियल सोसिडाडले उचाल्यो कोपा डेल रे उपाधि
काठमाडौँ । रोमाञ्चक र नाटकीय फाइनलमा एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै रियल सोसिडाडले कोपा डेल रेको उपाधि जितेको छ ।
गएराति निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
खेलको सुरुवात निकै सनसनीपूर्ण रह्यो । खेलको पहिलो मिनेटमै एन्डर ब्यारेनेटक्सियाले गोल गर्दै रियल सोसिडाडलाई अग्रता दिलाएका थिए । तर एट्लेटिको मड्रिडले चाँडै खेलमा पुनरागमन गर्यो । १९औँ मिनेटमा एडेमोला लुकम्यानले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
पहिलो हाफको अतिरिक्त समयमा रियल सोसिडाडले पेनाल्टीको अवसर पायो, जसमा मिकेल ओयार्जाबलले कुनै गल्ती नगरी गोल गरे र आफ्नो टोलीलाई २–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा एट्लेटिको मड्रिडले बराबरी गोलका लागि लगातार प्रयास गर्यो र खेलको ८३औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याए । त्यसपछि कुनै गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
पेनाल्टी सुटआउटमा एट्लेटिकोका स्ट्राइकर सोर्लोथ र अर्जेटिनी स्टार खेलाडी अल्भारेज चुकेपछि सोसिसाडले उपाधि उचाल्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण