दक्षिणी लेबनानमा दुई इजरायली सैनिकको मृत्यु
सारांश
- दक्षिणी लेबनानमा पछिल्लो दुई दिनमा दुई इजरायली सैनिकको मृत्यु भएको छ।
- इजरायल र लेबनानबीचको द्वन्द्वमा हालसम्म १५ जना इजरायली सैनिकको ज्यान गएको छ।
- पछिल्लो छ हप्तामा लेबनानमा दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।
बेरुत । दक्षिणी लेबनानमा पछिल्ला दुई दिनमा दुई इजरायली सैनिक मारिएका छन् । इजरायली रक्षा बल (आईडीएफ)का अनुसार, योसँगै पछिल्लो द्वन्द्व सुरु भएयता मृत्यु हुने सैनिकको सङ्ख्या कम्तीमा १५ पुगेको छ । आईडीएफले दिएको जानकारीअनुसार सर्जेन्ट फर्स्ट क्लास लिडोर पोरात शनिबार मारिएका हुन् ।
त्यसको एक दिनअघि सर्जेन्ट मेजर बराक काल्फोनको मृत्यु भएको थियो । यी दुई घटनामा अन्य १२ सैनिक घाइते भएका छन् । तर विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
यो द्वन्द्व मार्चको सुरुवातमा हेजबुल्लाहले इरानको समर्थनमा आक्रमण गरेपछि चर्किएको हो । त्यसपछि इजरायलले लेबनानमाथि लगातार आक्रमण गर्दै आएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला ६ हप्तामा २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ७ हजार घाइते भएका छन् । केही दिनअघि मात्र इजरायल र लेबनानबिच १० दिने युद्धविराम लागू गरिएको थियो तर जमिनमा अवस्था अझै अस्थिर रहेको देखिन्छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले लेबनानमा एक फ्रान्सेली शान्ति सैनिकको मृत्यु भएको भनेकै दिन यो घटना सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण