कृतिमाथि अभिनय चुनौतीपूर्ण रहेछ : प्रकाश सपुत
सारांश
- अभिनेता प्रकाश सपुतले कृतिमा आधारित फिल्ममा अभिनय गर्नु निकै चुनौतीपूर्ण रहेको बताएका छन्।
- उनले कृतिलाई जोगाउँदै अभिनयमा उत्कृष्ट देखिनुपर्ने दोहोरो दबाब हुने उल्लेख गरेका छन्।
- आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म 'परालको आगो'मा उनी सुहाना थापासँग देखिनेछन्।
काठमाडौँ । अभिनेता प्रकाश सपुतले कृतिमाथिको फिल्म ‘परालको आगो’को अभिनय निकै चुनौतीपूर्ण भएको बताएका छन् । कलाकारले अन्य फिल्म भन्दा कृतिमाथि फिल्म गर्दा दोहोरो प्रेसर फिल गर्नुपर्ने उनको भनाइ छ ।
‘अर्काको कृतिमाथि अभिनय गर्नु चानचुने कुरा होइन’, सपुतले भने ‘कृति पनि मर्न दिनु भएन र अभिनय पनि उत्कृष्ट देखिनुपर्यो ।’ कृतिमाथिको फिल्म अभिनय गर्दा अन्य फिल्म भन्दा धेरै कुरोमा ध्यान पुराउनुपर्ने उनको भनाइ छ ।
फिल्म ‘परदेशी २’, ‘पूर्णबहादुरको सारङ्गी’, ‘माइतीघर’ जस्ता फिल्म अभिनय गरेका सपुतको पछिल्ला केही फिल्म लगातार असफल भए । राजनीतिमा पनि सोचेजस्तो सफलता प्राप्त गर्न नसकेका उनलाई दर्शकले फिल्म भन्दा गीतसङ्गीतमै ठिक भन्न थालेको समयमा फेरि उनी फिल्म ‘परालको आगो’मा देखिन लागेका हुन् । यो फिल्म सफल हुनेमा आशावादी रहेको उनी बताउँछन् ।
फिल्ममा उनी अभिनेत्री सुहाना थापाको जोडीको रूपमा देखिएका छन् । आगामी शुक्रवार अर्थात बैशाख ११ गतेबाट रिलिज हुन लागेको यस फिल्ममा प्रकाश र सुहानाको अलवा सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय छ ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सुशील पोखरेल हसन् । फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् । लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा संकल्प भुजेलको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण