दक्षिणी लेबनानमा इजरायली सैनिकको मृत्युको कारण विस्फोटक उपकरण : आईडीएफ
सारांश
- दक्षिणी लेबनानमा इजरायली सैनिकहरूको मृत्यु विस्फोटक उपकरणका कारण भएको आईडीएफले जनाएको छ।
- युद्धविरामपछि सैनिकहरू क्षेत्र सफा गर्ने क्रममा उक्त घटना भएको हो जसमा एक सैनिकको मृत्यु र नौ जना घाइते भएका छन्।
बेरुत । इजरायलले दक्षिणी लेबनानमा आफ्ना सैनिकहरूको मृत्यु विस्फोटक उपकरणका कारण भएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार युद्धविराम लागू भएपछि भएका दुई वटै मृत्यु यस्ता उपकरणका कारण भएका हुन् ।
इजरायलले सुरक्षा सुनिश्चित गर्न एल्लो लाइन आवश्यक रहेको दाबी समेत गर्दै आएको छ । उसले उक्त क्षेत्रमा एण्टी ट्याङ्क हतियारहरू नष्ट गर्न ‘लाइन अफ साइट’ कायम राख्नुपर्ने बताउँदै त्यहाँ आवश्यक अनुसार कारबाही गर्न स्वतन्त्र रहेको जनाएको छ ।
हालसम्म ती विस्फोटक उपकरणहरू टाढाबाट सञ्चालन गरिएका हुन् कि होइनन् भन्ने स्पष्ट छैन । तर घटनापछि इजरायली सेनाले केही हवाई तथा स्थल आक्रमणहरू गरेको जनाएको छ ।
यद्यपि कुन लक्ष्यमा प्रहार गरियो भन्ने खुलाइएको छैन । पछिल्लो घटनामा एक सैनिकको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन् । आईडीएफका अनुसार उक्त समयमा सैनिकहरू भारी मेसिनरी प्रयोग गरेर क्षेत्र सफा गर्ने कार्यमा संलग्न थिए ।
यसले उनीहरू अझै पनि हेजबुल्लाहसँग सम्बन्धित भनिएका संरचनाहरू हटाउने काम गरिरहेको सङ्केत गर्छ । सोही क्रममा घर तथा अन्य भवनहरू भत्काउने काम भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण