बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सोमबार विवाह गर्दै अभिनेत्री सुवेक्षा खड्का

आइतबार, ०६ वैशाख २०८३, १६ : १०
आइतबार, ०६ वैशाख २०८३

काठमाडौँ । अभिनेत्री तथा ‘मिस नेपाल इन्टरनेशनल २०१२’ विजेता सुवेक्षा खड्काले लगनगाँठो कस्ने भएकी छन् । 

उनले प्रेमी आश्वासन जोशीसँग सोमबार विवाह गर्न लागेकी हुन् । उनको विवाह समारोह काठमाडौँको एक पार्टी भेन्युमा आयोजना गरिएको छ ।

विवाहमा दुवै तर्फका परिवारका सदस्य, साथीभाइ, नजिकका आफन्तहरूको सहभागिता रहने अभिनेत्री खड्काले बताइन् ।   

विवाह अगाडि शनिबार उनको मेहन्दी तथा सङ्गीत समारोह आयोजना भएको थियो । जसको तस्बिर खड्काले आफ्नो सामाजिक सञ्जालबाट शेयर गर्दै आफ्ना मनका भावनाहरूसमेत व्यक्त गरेकी छन्।

‘मेरो हातहरू बिस्तारै त्यो गहिरो रातो रङ्गले रङ्गिएका छन्, मानौँ प्रेम आफैँले त्यहाँ आफ्नो घर बनाएको हो, उनले लेखेकी छिन् ‘रातो रङ्गको समारोहको शान्त र आत्मीय क्षणमा, यति धेरै मायाले घेरिएको वातावरणमा, हामीले हरेक नबोलेका वाचा र कोमल आशीर्वादहरू हावामा महसुस गर्न सक्थ्यौँ ।’

खड्काले गत २०७९ पुसमा प्रेमी सार्वजनिक गरेकी थिइन् । खड्काले ‘रणवीर’, ‘प्रेमा’ लगायत केही फिल्म समेत अभिनय गरेकी छन् । खड्काका प्रेमी जोशी अमेरिकामा बसोबास गर्दै आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप