एकै दिन कर्णालीका दुई महिलाको हवाई उद्धार
कर्णाली । आइतबार कर्णाली प्रदेशअन्तर्गतका जिल्ला हुम्ला र कालिकोटका दुई महिलाको हवाई उद्धार गरिएको छ । त्यसमध्ये एक जना सुत्केरी भइसकेपछि र एक जना सुत्केरी व्यथा लागेपछिको जटिल स्वास्थ्यावस्थाका कारण सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
सुत्केरीपछिको जटिल स्वास्थ्य समस्याका कारण खार्पुनाथ गाउँपालिका–५ हुम्लाकी ४५ वर्षीया सरिला शाहीलाई थप उपचारका लागि उद्धार गरिएको हो । घरमै सुत्केरी हुँदा साल अड्किएर अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी नन्दबहादुर शाहीले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि शाहीलाई कर्णाली प्रदेश अस्पतालमा रेफर गरिएको थियो ।
त्यसैगरी पलाँता गाउँपालिका–९ कालीकोट थिर्पुकी सुत्केरी व्यथा लागेकी २२ वर्षीया अप्सरा शाहीलाई पनि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । गए राती जिल्ला अस्पताल मान्म पुर्याइएकी शाहीलाई थप उपचारका लागि आजै सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए । उनका अनुसार गर्भको शिशुको अवस्था जटिल देखिएको र अत्यधिक रक्तस्रावका कारण उहाँलाई सुर्खेत रेफर गरिएको हो ।
ती दुवै महिलालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण