अमेरिका–इरान वार्ताका लागि इस्लामाबादमा सुरक्षा व्यवस्था कडा
सारांश
- अमेरिका र इरानबीचको वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था बढाइएको छ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताका लागि प्रतिनिधिहरू पाकिस्तान पठाएका छन्।
- इस्लामावादका सडकमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
- सेरेना होटल जाने बाटोमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ।
काठमाडौँ । आगामी दिनमा अमेरिका र इरानबिच हुने शान्ति वार्ताअघि पाकिस्तानको राजधानी इस्लामावादमा आइतबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि शान्ति वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन् ।
राष्ट्रपति ट्रम्पको आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलमा उनले लेख्नुभएको छ, “मेरा प्रतिनिधिहरू पाकिस्तानको इस्लामाबाद जाँदै छन् र उनीहरू भोलि साँझ वार्ताका लागि त्यहाँ हुनेछन् ।”
पाकिस्तानी अधिकारीहरूले यसअघि इस्लामाबाद शहरभर र छिमेकी रावलपिण्डीमा सडक बन्द गर्ने र सवारी प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
एएफपीका पत्रकारहरूले इस्लामावादको सबैभन्दा सुरक्षित होटल, जहाँ अमेरिका र इरानी प्रतिनिधिहरूबिच पहिलो चरणको वार्ता भएको थियो, त्यहाँ नजिकै सशस्त्र गार्डको उपस्थिति र चेकप्वाइन्टहरू बनाइएको बताएका छन् ।
सुरक्षा सावधानीका लागि आइतबारदेखि नै सेरेना होटल जाने अधिकांश सडकहरू काँडेतार, ब्यारिकेड, कडा सुरक्षा र ट्राफिक डाइभर्सनका साथ बन्द गरिएका छन् ।
“नागरिकहरूलाई सुरक्षा निकायहरूसँग सहयोग गर्न हार्दिक अनुरोध गरिएको छ,” शहरका एक अधिकारीले एक्समा पोस्ट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण