२५औँ आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन
सारांश
- २५औँ आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा १९ स्वर्ण पदक जित्दै नेपाल आर्मी टिम च्याम्पियन बनेको छ।
- प्रतियोगितामा बागमती प्रदेश दोस्रो र एपीएफ तेस्रो स्थानमा रहेका छन्।
- पुरुषतर्फ सुमन मरासिंगी मगर र महिलातर्फ रिना धिमाल उत्कृष्ट खेलाडी घोषित भएका छन्।
काठमाडौँ । २५औँ आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता नेपाल आर्मी टिम च्याम्पियन बनेको छ ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (एनआईटीएफ) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न दुई दिने प्रतियोगितामा आर्मीले १९ संवरण, ४ रजत र ९ कांस्य जितेर च्याम्पियन बनेको हो । यस्तै बागमती ७ स्वर्ण १० रजत र ९ कांस्यसहित दोस्रो हुँदा एपीएफ ४ संवरण, ७ रजत र ६ कांस्य जित तेस्रो भयो ।
व्यक्तिगततर्फ पनि आर्मीकै खेलाडी उत्कृष्ट भए । आर्मी सुमन मरासिंगी मगर पुरुषतर्फ र रिना धिमाल महिलातर्फ उत्कृष्ट खेलाडी बने । सुमनले ३ र रिनाले ५ स्वर्ण जिते ।
विभिन्न विधाअन्तर्गत खेलाडीहरूले एकल स्पारिङ, एकल प्याटर्न, समूह स्पारिङ, समूह प्याटर्न तथा सेल्फ डिफेन्समा प्रतिस्पर्धा गरेका थिए । यस्तै दोस्रो यू-१५ आईटीएफ प्रतियोगितामा बागमती पहिलो, लुम्बिनी दोस्रो र कर्णाली प्रदेश तेस्रो भयो ।
बागमतीले ९ स्वर्ण ५ रजत र ७ कांस्य, लुम्बिनीले ४ स्वर्ण ६ रजत र ७ कांस्य तथा कर्णालीले ४ स्वर्ण ५ रजत र ७ कांस्य जित्यो ।
यू-१५ मा पुरुषतर्फ गण्डकीका सचिन कुमाल र महिलातर्फ बागमतीका आकृति नेपाल उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगितामा जुनियर र सिनियरमा प्याटर्न र स्पाइरिङमा गरी कुल दुई सय जना खेलाडीले प्रतिस्पर्धा गरेको महासङ्घका अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिए ।
प्रतियोगितामा सातै प्रदेशसहित नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ गरी कुल ९ टोलीको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण