पृथ्वीराजमार्गमा भीषण असिनापानीको वितण्डा : ७२ वटा सवारी साधनमा क्षति
सारांश
- चितवनको पृथ्वीराजमार्गमा परेको भीषण असिनापानीका कारण ७२ वटा सवारी साधनमा क्षति पुगेको छ।
- असिनाका कारण कार, माइक्रो हाइस, ट्रक र मोटरसाइकलका सिसा तथा बडीमा क्षति पुगे तापनि कुनै मानवीय क्षति भएको छैन।
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाअन्तर्गत पृथ्वीराजमार्गको विभिन्न खण्डमा आइतबार साँझ परेको भीषण असिनापानीले ठुलो क्षति पुर्याएको छ। हावाहुरी र असिनासहितको वर्षाका कारण राजमार्गमा गुडिरहेका र पार्किङ गरेर राखिएका ७२ वटा सवारी साधनमा क्षति पुगेको हो।
अपरान्ह करिब ४:५५ बजेदेखि साढे ५ बजेसम्म इच्छाकामना गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा परेको ठूलो असिनाले सवारी साधनका सिसा फुटाउनुका साथै बडीमा समेत क्षति पुर्याएको छ। प्रहरीका अनुसार असिनाले ५५ वटा कार, १५ वटा माइक्रो हाइस, एउटा ट्रक र एउटा मोटरसाइकलमा क्षति पुगेको छ।
असिनापानीको चपेटामा परेर सवारी साधनमा क्षति पुगे पनि कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। असिनाका कारण केही समय यातायात प्रभावित भए पनि सडक नै अवरुद्ध हुने गरी बाटो भने नरोकिएको प्रहरीको भनाइ छ।
घटनास्थलमा सुरक्षा र व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालय मुग्लिन, प्रहरी चौकी कुरिनटार र अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट ट्राफिक प्रहरीसहितको टोली परिचालन गरिएको थियो।
प्रहरी हवल्दार युवराज गुरुङ, प्रहरी सहायक निरीक्षक चरी बहादुर तामाङ र प्रहरी नायब निरीक्षक मोहनारायण रायको कमाण्डमा खटिएको टोलीले प्रभावित क्षेत्रमा सवारी चालकहरूलाई सहयोग र सहजीकरण गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण