रास्वपा सङ्घीय नेतृत्व मञ्च दोस्रो पटक विस्तार, को-को थपिए ?
सोमबार, ०७ वैशाख २०८३, १७ : ५४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सङ्घीय नेतृत्व मञ्चलाई दोस्रो पटक विस्तार गरेको छ।
- केन्द्रीय समितिको बैठकले थप छ जना नयाँ सदस्यहरूलाई मञ्चमा मनोनीत गरेको छ।
- नयाँ थपिएका सदस्यहरूसँगै मञ्चमा रहने सदस्यहरूको कुल सङ्ख्या २३ पुगेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सङ्घीय नेतृत्व मञ्च विस्तार गरेको छ । सोमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले मञ्च विस्तार गरेको हो ।
थपिएका सदस्यहरूमा तुलसीप्रसाद चौधरी सप्तरी, रामसिह थारु बर्दिया, जीवन धामी मोरङ, प्रेमा चौधरी कैलाली, नवराज राना कञ्चनपुर र एकराज चौधरी दाङ रहेका छन् । यसअघि पुस ४ गते विवेकशील साझाबाट आएका १७ जना सदस्यलाई सङ्घीय नेतृत्व मञ्चमा मनोनीत गरेको थियो । मञ्चमा रहने सदस्यहरूको सङ्ख्या २३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण