वन संरक्षण र समृद्धिबिच सन्तुलनका लागि नीतिगत परिमार्जनको कार्य गर्दैछौँ : मन्त्री चौधरी
सारांश
- वन तथा वातावरण मन्त्री गिता चौधरीले वन संरक्षण र व्यवस्थापनका लागि आवश्यक नीतिगत सुधारको कार्य गरिरहेको बताएकी छन्।
- उनले वातावरण संरक्षणको मर्मलाई असर नपर्ने गरी संरक्षित क्षेत्रलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्ने आवश्यकता औँल्याएकी छन्।
- मन्त्री चौधरीले जैविक विविधता संरक्षणसम्बन्धी ऐन तथा नियमावलीहरूलाई समयानुकूल संशोधन गर्नुपर्नेमा जोड दिएकी छन्।
काठमाडौँ । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले वन संरक्षण क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि नीतिगत सुधारमा आवश्यक कार्य गरिहेको बताएकी छन् ।
मन्त्री चौधरीले ३१ औँ वन्यजन्तु सप्ताहको अवसरमा साेमबार आयोजित नीति संवाद कार्यक्रममा चौधरीले वन संरक्षण क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि नीतिगत सुधारको आवश्यक कार्य गरिरहेको बताएकी हुन् ।
उनका अनुसार स्थानीय समुदायको अर्थपूर्ण सहभागितामार्फत प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गर्न संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
ती कार्यक्रमहरूले स्थानीय समुदायलाई लाभान्वित बनाएको र धेरै हदसम्म सफल भएपनि बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिवेशअनुसार नीतिहरू परिमार्जन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै आफूले काम गरिरहेको बताइन् ।
उनले संरक्षित क्षेत्र तथा वन्यजन्तु संरक्षणमा राज्यले ठूलो लगानी गरेको भए पनि प्रत्यक्ष आर्थिक लाभ सीमित देखिने उल्लेख गर्दै वातावरण संरक्षण र पर्यावरणीय सेवामा यिनको योगदान अतुलनीय रहेको बताइन् । साथै, संरक्षणको मूल मर्ममा असर नपर्ने गरी यी क्षेत्रलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्ने आवश्यकता औँल्याइन् ।
मन्त्री चौधरीले जैविक विविधता संरक्षण तथा व्यवस्थापनलाई निर्देशित गर्ने मुख्य कानुन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लगायतका कानुन, नियमावली र कार्यविधिहरूलाई समयानुकूल संशोधन गर्नुपर्नेमा जोड दिइन् ।
नेपालको करिब ८ प्रतिशत भूभाग निकुञ्ज र १ प्रतिशत आरक्ष क्षेत्रमा पर्ने सन्दर्भमा पर्यापर्यटन विकास र कार्बन व्यापार जस्ता माध्यमबाट अप्रत्यक्ष लाभ लिनुपर्नेमा पनि उनले जोड दिइन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारसँग जोडिएको यस विषयमा आयोजित कार्यक्रमबाट प्राप्त सुझावहरू वन तथा वातावरण मन्त्रालयका लागि नीतिगत सुधारको ठोस आधार बन्ने मन्त्री चौधरीको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
अहिलेकाे बजेट कुनै क्षेत्रमा फोकस छैन : वर्षमान पुन
-
द भ्वाइस अफ हिन्द रजाब : युद्धभूमिमा फुलेको एउटा फूल
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण