परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता
सारांश
- परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरबिच सिंहदरबारमा भेटवार्ता भएको छ।
- भेटका क्रममा नेपाल र अमेरिकाबिचको द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी र आर्थिक साझेदारीका विषयमा छलफल भएको छ।
- कपुरले नेपाल भ्रमणका क्रममा विभिन्न राजनीतिक नेतृत्व र उद्योगपतिहरूसँग पनि छलफल गरेका छन्।
काठमाडौँ । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री एस. पाउल कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटघाटमा दुई देशबिचको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए ।
दुई पक्षीय भेटघाटमा नेपाल–अमेरिकाबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य बढाउँदै आर्थिक सम्बन्धलाई थप फराकिलो बनाउने विषयमा छलफल भएको बताइएको छ ।
दुई देशको हितका क्षेत्रमा थप सहकार्य गर्ने तथा आर्थिक साझेदारीका अवसरहरू खोजी गर्ने प्रतिबद्धता दुवै जनाले गरेको मन्त्रालयले जनाएको छ । नेपाल र अमेरिकाबिचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई आर्थिक विकासको आधारसँग जोडेर अघि बढाउने विषयमा भएको यस खालको छलफललाई निरन्तरता दिने कुराकानी भएको बताइएको छ ।
तीन दिनका लागि नेपाल भ्रमणमा हिजो नेपाल आइपुगेका मन्त्री कपुरले हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली उद्योगपतिहरुसँग छलफल गरेका थिए ।
आज कपुरले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण