सर्वदलीय बैठक
कूटनीतिक राहदानी सिफारिसबारे छलफल गर्न सभामुख र दलका सचेतकहरूबिच बैठक
बुधबार, ०९ वैशाख २०८३, ११ : २९
सारांश
- प्रतिनिधिसभाका सदस्यहरूलाई कूटनीतिक राहदानी सिफारिस गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बसेको छ।
- सभामुखको उपस्थितिमा सिंहदरबारमा दलका प्रमुख सचेतक र सचेतकहरूसँग राहदानी मापदण्ड र प्रक्रियाबारे सघन छलफल भएको छ।
- राहदानी सिफारिसमा देखिने व्यावहारिक जटिलता सुल्झाउन र एकरुपता कायम गर्न यो बैठक आयोजना गरिएको हो।
काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरूलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) सिफारिस गर्ने लगायतका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बसेको छ। सभामुख डोलप्रसाद अर्यालको उपस्थितिमा प्रतिनिधि सभामा सहभागी सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग यसबारे सघन छलफल भएको हो।
सिंहदरबारस्थित संसद सचिवालयको कानुन समितिको हलमा बिहान १० बजेदेखि बैठक जारी रहेको हो । बैठकमा सांसदहरूलाई कूटनीतिक राहदानी उपलब्ध गराउने मापदण्ड, सिफारिस प्रक्रिया र यससँग जोडिएका अन्य प्राविधिक तथा नीतिगत विषयमा केन्द्रित रहेर छलफल भइरहेको सचिवालयले जनाएको छ।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सत्तापक्ष र प्रतिपक्षका सबै दलका सचेतकहरूको उपस्थिति रहेको छ। राहदानी सिफारिसमा देखिने गरेका व्यावहारिक जटिलता सुल्झाउन र एकरुपता कायम गर्न सभामुखले यो पहल गरेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण