‘इरानसँगको वार्तामा परमाणु विज्ञ उपस्थित हुनुपर्छ’
काठमाडौँ । युरोपेली सङ्घ (इयू)की विदेश नीति प्रमुख काजा कल्लासले इरानसँग हुने सम्भावित वार्तामा परमाणु विज्ञहरू अनिवार्य रूपमा सहभागी हुनुपर्ने बताएकी छिन् ।
उनका अनुसार वार्तामा प्राविधिक विज्ञहरूको उपस्थिति भएन भने यस पटक हुने सम्झौता सन् २०१५ को सम्झौताभन्दा पनि कमजोर हुने खतरा छ ।
वार्ता केवल राजनीतिक तहमा सीमित रह्यो र परमाणु विज्ञहरू टेबलमा भएनन् भने नतिजा कमजोर हुने साइप्रसमा अनौपचारिक इयू नेताहरूको बैठकअघि उनले भनिन् ।
वार्तामा इरानका क्षेप्यास्त्र कार्यक्रम, क्षेत्रीय गतिविधि, प्रोक्सी समूहहरूलाई समर्थन, साथै युरोपमा हुने साइबर र हाइब्रिड गतिविधिहरूलाई पनि सम्बोधन गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिएकी छिन् ।
अन्यथा अझ खतरनाक अवस्था सिर्जना हुन सक्ने उनको चेतावनी छ । सन् २०१५ मा भएको सम्झौतामा इरानले आफ्नो आणविक गतिविधि सीमित गर्न र युरेनियम प्रशोधन तथा भण्डारण घटाउन सहमति जनाएको थियो ।
यसको बदलामा केही अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाइएको थियो । तर सन २०१८ मा आफ्नो पहिलो कार्यकालमा डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण