अमेरिकी ‘गोल्ड कार्ड’ भिसा कार्यक्रमअन्तर्गत अहिलेसम्म एक जनालाई मात्र भिसा
काठमाडौँ । अमेरिकामा लागू गरिएको ‘गोल्ड कार्ड’ भिसा कार्यक्रमअन्तर्गत अहिलेसम्म एक जनालाई मात्र भिसा दिइएको छ । अमेरिकी वाणिज्य मन्त्री होवार्ड लुटनिकले बिहीबार यस्तो जानकारी दिएका हुन् ।
यो कार्यक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बरमा सुरु गरेका थिए । यसअन्तर्गत विदेशी नागरिकहरूले १५ हजार डलर तिरेर आवेदन प्रक्रिया छिटो गराउन सक्छन् ।
त्यसपछि कडा जाँच (भेटिङ) प्रक्रिया पार गरेपछि १० लाख डलरको योगदान गरेमा उनीहरूले ग्रीन कार्ड सरहको स्थायी बसोबास पाउन सक्छन् । यसले अमेरिका बस्न र काम गर्न अनुमति दिन्छ । लुटनिकका अनुसार अहिले सयौँ आवेदकहरू प्रक्रियामा छन्, तर कार्यक्रम नयाँ भएकाले सावधानीपूर्वक कार्यान्वयन भइरहेको छ । “हालै एक जनालाई स्वीकृति दिइएको छ र अरू सयौँ प्रक्रिया हुँदैछन्,” उनले संसदीय सुनुवाइमा बताए ।
यसअघि उनले करिब १० हजार मानिसहरूले प्रारम्भिक दर्ता गरिसकेको र भविष्यमा हजारौँ गोल्ड कार्ड बिक्री हुने अपेक्षा गरिएको बताएका थिए । उनका अनुसार यस कार्यक्रमबाट अर्बौँ डलर राजस्व सङ्कलन हुने लक्ष्य राखिएको छ । यो योजना विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ल्याइएको भए पनि यसको प्रभावकारिता र पहुँचबारे अझै बहस जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण