विकास निर्माणका सामग्री ढुवानीमा अवरोध नगर्न स्थानीय तहलाई मन्त्रालयको निर्देशन
सारांश
- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विकास निर्माणका सामग्री ढुवानीमा अवरोध नगर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ।
- निर्माण सामग्रीको ढुवानीमा भइरहेको अवरोधले विकास आयोजनामा ढिलाइ भई आर्थिक दायित्व बढ्ने भन्दै मन्त्रालयले सरोकारवालालाई सचेत गराएको छ।
- मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन बमोजिम नदीजन्य पदार्थको उचित व्यवस्थापन र निर्बाध ढुवानी सुनिश्चित गर्न परिपत्र जारी गरेको छ।
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई पत्राचार गर्दै विकास निर्माणका आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामग्रीको उपलब्धता र ढुवानीमा देखिएका अवरोध हटाउन विशेष निर्देशन दिएको छ।
सङ्घीय, प्रादेशिक तथा स्थानीय स्तरका विभिन्न आयोजनाहरू तोकिएको समयमै सम्पन्न गर्न आवश्यक पर्ने कच्चा पदार्थ र निर्माण सामग्रीको ओसारपसारमा स्थानीय स्तरबाट अवरोध भइरहेको गुनासो प्राप्त भएपछि मन्त्रालयले यस्तो कदम चालेको हो।
मन्त्रालयद्वारा जारी परिपत्रमा निर्माण सामग्री प्राप्तिमा हुने ढिलाइले जनताको विकासको अधिकार सङ्कुचन हुने मात्र नभई सरकारमाथि थप करारजन्य र आर्थिक दायित्व समेत थपिने उल्लेख गरिएको छ। यस्ता समस्याले राष्ट्रिय प्राथमिकताका आयोजनाहरूको गति सुस्त हुने भएकाले निर्माण सामग्रीको निर्बाध उपभोग र ढुवानी सुनिश्चित गर्न मन्त्रालयले सबै प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीहरूलाई सचेत गराएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्था बमोजिम आ–आफ्नो गाउँपालिका वा नगरपालिकाको अधिकार क्षेत्र भित्र पर्ने ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थको उचित व्यवस्थापन गर्न मन्त्रालयले निर्देश गरेको छ।
मन्त्रालयको २०८३ वैशाख ११ गतेको निर्णयअनुसार निर्माण सामग्रीको सहज उपलब्धता र निर्बाध ओसारपसारका लागि सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी तत्काल व्यवस्थापन मिलाउन भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण