आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

ठेक्कामा अपराध : पक्राउ पर्नेको संख्या १० पुग्यो

शुक्रबार, ११ वैशाख २०८३, २१ : ३२
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • ई-गभर्मेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का विवरण हेरफेर गरेको अभियोगमा थप एक जना व्यवसायी पक्राउ परेका छन्।
  • सीआईबीले चपुर निर्माण सेवाका सञ्चालक अमृत बोहरालाई पक्राउ गरेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ।
  • पक्राउ परेका व्यक्तिहरूमाथि विद्युतीय कारोबार र सङ्गठित अपराधसम्बन्धी कानुनअनुसार अनुसन्धान भइरहेको छ।

काठमाडौँ । सरकारी बोलपत्र आह्वान गरिने ‘ई-गभर्मेन्ट प्रोक्युरमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काको विवरण हेरफेर गरेको अभियोगमा थप एक जना व्यवसायी पक्राउ परेका छन्। योसँगै यस प्रकरणमा पक्राउ पर्नेहरूको कुल संख्या १० पुगेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार चपुर निर्माण सेवा प्रा.लि. का सञ्चालक ३२ वर्षीय अमृत बोहरालाई पक्राउ गरेसँगै यो संख्या १० पुगेको हो। टोखा नगरपालिका वडा नं. ४, बानियाटार बस्ने बोहरालाई ब्यूरोको टोलीले काठमाडौँको शंखमुलबाट नियन्त्रणमा लिएको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अगावै डकुमेन्ट परिवर्तन गरेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो। बोहराले अन्य समूहसँग मिलेर सरकारी डाटावेसमा छिरेर बोलपत्रका विवरणहरू आफ्नो अनुकूल हुने गरी सच्याएको ब्यूरोको निष्कर्ष छ।

आजै कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे र भीषण कन्स्ट्रक्सनका टंक कुमार श्रेष्ठ समेत पक्राउ परेका थिए।

पक्राउ परेका व्यक्तिहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ र सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप