आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

पूर्व गृहमन्त्री सुधन गुरुङको बैंक विवरण माग गरिएको छैन, भ्रामक सूचना फैलाउनेमाथि कारबाही हुन्छ: सीआईबी

शनिबार, १२ वैशाख २०८३, ०० : ४०
शनिबार, १२ वैशाख २०८३

सारांश

  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पूर्व गृहमन्त्री सुधन गुरुङको बैंक विवरण माग नगरिएको स्पष्ट पारेको छ।
  • सामाजिक सञ्जालमा फैलिएको उक्त सूचना भ्रामक र आधारहीन रहेको ब्यूरोले जनाएको छ।
  • गलत सूचना फैलाउने व्यक्तिलाई विद्युतीय कारोबार ऐन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ‘गृहमन्त्रीको नबिल बैंक डिटेल सीआईबी प्रमुखले मिडियामा दिएको प्रमाण आयो’ भनी सामाजिक सञ्जालमा फैलिएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ब्यूरोले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त सूचनालाई पूर्णतः भ्रामक र आधारहीन भएको बताउँदै सीआईबीले हालसम्म पूर्व गृहमन्त्री सुधन गुरुङको कुनै पनि प्रकारको बैंक विवरण माग नगरेको र उक्त विषय ब्यूरोको हालको कुनै पनि अनुसन्धानसँग सम्बन्धित नरहेको प्रस्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सामाजिक सञ्जालमा यस्ता भ्रामक सूचना पोस्ट तथा शेयर गरी यस ब्यूरो तथा ब्यूरो प्रमुखप्रति नकारात्मक सन्देश फैलाउने कार्य नगर्न/नगराउन हुन अनुरोध गरिन्छ ।’

ब्यूरोले यस्ता गलत र गैरकानूनी गतिविधिमा संलग्न हुने जोसुकैलाई पनि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप