जनकपुरधाममा भूमिहीनहरूको डिजिटल लगत संकलन सुरु, ७ दिने सूचना जारी
सारांश
- जनकपुरधाम उपमहानगरपालिकाले भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको डिजिटल लगत संकलन प्रक्रिया अघि बढाएको छ।
- उपमहानगरपालिकाले सबै २५ वडा कार्यालयलाई ७ दिने सार्वजनिक सूचना प्रकाशन गर्न निर्देशन दिएको छ।
- संकलित तथ्याङ्क वैशाख ३० गतेभित्र उपमहानगरपालिकामा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको एकीकृत डिजिटल लगत संकलन तथा प्रमाणीकरण प्रक्रिया अघि बढाएको छ । उपमहानगरपालिकाले सबै वडा कार्यालयहरूलाई शुक्रबार पत्रचार गर्दै ७ दिने सार्वजनिक सूचना प्रकाशन गर्न निर्देशन दिएको छ ।
उपमहानगरपालिकाका अनुसार भूमि समस्या समाधान आयोग, ताहाचल काठमाडौँ तथा जिल्ला समिति धनुषाबाट प्राप्त पत्रका आधारमा उक्त अभियान सञ्चालन गरिएको हो । वडा नं. १ देखि २५ सम्मका सबै वडा कार्यालयहरूले तोकिएको ढाँचाअनुसार अनिवार्य रूपमा सूचना प्रकाशन गर्नुपर्ने बताएको छ ।
जारी निर्देशनअनुसार प्रकाशित सूचनाको प्रत्येक पानामा हस्ताक्षर तथा प्रमाणीकरण गरी सोको छायाप्रति वैशाख ३० गतेभित्र उपमहानगरपालिकामा पेस गर्न भनिएको छ ।
उपमहानगरपालिकाका भूमि व्यवस्था शाखा प्रमुख रत्न कुमार साहका अनुसार यस अभियानले भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको यथार्थ तथ्याङ्क संकलन गरी आगामी व्यवस्थापन कार्यलाई सहज बनाउने लक्ष्य राखिएको छ ।
उपमहानगरपालिकाले अभियानलाई प्रभावकारी बनाउन सबै वडा कार्यालय तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण