शंखरापुरबाट पेस्तोलसहित २ जना पक्राउ
सारांश
- काठमाडौँको शंखरापुरबाट पेस्तोल, म्याग्जिन र गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
- प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली प्रहार गर्दा घाइते भएका एक जनाको अस्पतालमा उपचार भइरहेको छ।
- फरार रहेका अन्य दुई जनाको खोजी कार्य जारी राख्दै प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको शंखरापुरबाट पेस्तोलसहित २ जना पक्राउ परेका छन् । शंखरापुर नगरपालिका–५ सालीनदीस्थित खोला किनारबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउन्डसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका–३ घर भएका ३५ वर्षीय राम भन्ने जीवन जिम्बा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भएका ३४ वर्षीय वीरबहादुर तामाङ रहेका छन् । उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा जीवनले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपश्चात प्रहरीले जवाफी फायर गर्दा घाइते भएका जीवनको सुस्मा कोइराला मेमोरियल अस्पताल सलम्बुटारमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्युनिसिया र जापानबिचको खेल सुरु, दुवै टोली पहिलो जितको खोजीमा
-
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
विश्व योग दिवसको अवसरमा दशरथ रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
सुकेधारामा राप्रापा असन्तुष्ट पक्षको भेला
-
ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण