बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

कांग्रेस संसदीय दलको नेता चयनका लागि बैठक आह्वान

आइतबार, १३ वैशाख २०८३, १३ : ३०
आइतबार, १३ वैशाख २०८३

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन पेचिलो बनिरहेका बेला केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठक सोमबार ११ बजेका लागि बोलाइएको हो । 

उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको  छ । 

कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप