स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
सारांश
- शहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने र व्यवस्थापन गर्ने कार्य सहज रूपमा अघि बढाएको छ।
- सरकारले सहारा नभएका वास्तविक समस्यामा परेका नागरिकलाई अर्को व्यवस्था नभएसम्म होटल तथा लजमा खान, बस्न र अन्य आधारभूत सुविधाको प्रबन्ध गरेको छ।
- सहयोग चाहिएका नागरिकले प्रहरीसँग सम्पर्क गरी सामान ढुवानीसहित त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेर आवश्यक व्यवस्था मिलाउन सक्नेछन्।
काठमाडौँ । शहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यकता अनुसार व्यवस्थापन गर्ने कार्य सहज रूपमा अघि बढिरहेको जनाएको छ।
सहारा नभएका तथा वास्तविक समस्यामा रहेका नागरिकका लागि सरकारले अर्को व्यवस्था नभएसम्म होटल तथा लजमा बस्ने, खानेलगायत आधारभूत सुविधाहरूको प्रबन्ध मिलाएको छ।
“सहारा चाहिएको तर, अलमलमा परेका नागरिकले कार्य क्षेत्रमा खटिएका प्रहरीसँग सम्पर्क गरी आवश्यक सहयोग लिन सक्नुहुनेछ”, सहरी विकासमन्त्री सुनील लम्सालको सचिवालयले भनेको छ, “सामान ढुवानीसहित त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सहज रूपमा पुर्याउने व्यवस्था प्रहरीद्वारा मिलाइएको छ । सामानको सुरक्षित व्यवस्थापन गरिनेछ । रङ्गशालामा अभिलेख राखेपछि सम्बन्धित लज तथा होटलमा यातायातसहित बसोबासको व्यवस्था मिलाइएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा
-
फूलमाया– ७
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण