शिक्षामा लगानी बढाउन आग्रह
काठमाडौँ । अन्तर्राष्ट्रिय शिक्षक महासङ्घ (एजुकेसन इन्टरनेसनल) मा आबद्ध शिक्षक र कर्मचारीसँग सम्बन्धित नेपालका चार सङ्गठनले निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि शिक्षामा राष्ट्रिय बजेटको २० प्रतिशत वा कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशत लगानी गर्न आग्रह गरेका छन्।
ती सङ्गठनले मंगलबार तीन दिने ‘सेपिङ द एजुकेसन बजेट’ विषयक सम्मेलनको समापनका अवसरमा प्रगतिशील करलाई सुदृढ गरेर शिक्षामा लगानी वृद्धिका साथै शिक्षाकर्मीहरूको श्रम अधिकार र सम्मानजनक कार्य अवस्था सृजना गर्न, गुणस्तरीय तालिम र व्यावसायिक विकासमा लगानी गर्न, ट्रेड युनियन अधिकार तथा मानव अधिकारको सम्मान गर्नलगायत १४ बुँदे प्रमुख मागहरू सार्वजनिक गरेका हुन् ।
नेपाल शिक्षक सङ्घका अध्यक्ष सोमनाथ गिरी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष हंशबहादुर शाही, संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा र नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले आज आयोजित पत्रकार सम्मेलनमा ती मागपत्र सार्वजनिक गरेका हुन्।
कार्यक्रममा एजुकेसन इन्टरनेसन (इआई)का एसिया प्रशान्त क्षेत्रका निर्देशक आनन्द सिंहले नेपाली शिक्षक र विद्यालय कर्मचारीहरूको मागप्रति आफूहरूको ऐक्यबद्धता रहेको बताउँदै सरकारले शिक्षकहरूको पेसागत हक हितका लागि लगानी बढाउनुपर्नेमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण