आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गएरातिको वर्षाका कारण  वीपी राजमार्ग  पुनः अवरुद्ध

बुधबार, १६ वैशाख २०८३, ०७ : ३३
बुधबार, १६ वैशाख २०८३

सारांश

  • हिजो राति परेको वर्षाले वीपी राजमार्गको चारसय बेसी र कटुन्जेमा डाइभर्सन बगेपछि सडक अवरुद्ध भएको छ ।
  • सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशका अनुसार यातायात सुचारु गर्न एक देखि डेढ घण्टा लाग्नेछ ।
  • सडक अवरुद्ध हुँदा बिहानैदेखि सवारी साधन र यात्रुहरू बिच बाटोमै रोकिएका छन् ।

काठमाडौँ। हिजो राति परेको  वर्षाका कारण वीपी राजमार्गको दुई ठाउँमा सडक अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार राजमार्गको चारसय  बेसी र कटुन्जेमा डाइभर्सन बगेपछि  यातायात ठप्प भएको हो । 

अहिले सडक खुलाउने काम भइरहेको र अबको एक देखि डेढ घण्टाभित्रमा यातायात सुचारु हुने प्रमुख योगेशले जानकारी दिए । उनले भने,'अहिले दुई ठाउँमा सडक बन्द छ, हामी खुलाउने प्रयासमा छौँ । ढिलोमा बिहान १० बजेसम्म सडक खुल्नेछ ।' 

वर्षाका कारण सडक अवरुद्ध बनेपछि बिहानैदेखि सवारी साधन र यात्रुहरू बिच बाटोमै रोकिएका छन् । सडक विभागले मेशिन प्रयोग गरेर अवरोध हटाउने काम गरिरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप