आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

खैरो हेरोइनसहित दुईजना पक्राउ

बुधबार, १६ वैशाख २०८३, १२ : ०५
बुधबार, १६ वैशाख २०८३

सारांश

  • प्रहरीले मोरङको विराटनगरबाट खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा बाबु मियाँ र रोनी भन्ने मोहमद अब्दुल्ला छन् ।
  • उनीहरूको साथबाट १९१ ग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

काठमाडौँ । प्रहरीले खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ घर भएका २५ वर्षीय बाबु मियाँ र भारतको बिहार घर भएका ३० वर्षीय रोनी भन्ने मोहमद अब्दुल्ला छन् ।

वैशाख १४ मा पक्राउ परेका आरोपीहरूको साथबाट १९१ ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए । 

आरोपीहरूमाथि जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप