यी चारथरी मानिसले खानु हुन्न आँप
काठमाडौँ । गर्मीमा आँप खानुको मज्जा नै बेग्लै छ । तर केही मानिसहरूका लागि यसको सेवन जोखिमपूर्ण पनि हुन सक्छ । आँप खाँदा रगतमा चिनीको मात्रा बढ्न सक्छ, पेटको समस्या हुन सक्छ वा धेरै रोगहरूमा एलर्जी पनि हुन सक्छ । त्यसैले, आँप कसले खानु हुँदैन भनेर जान्न महत्त्वपूर्ण छ ।
आँपका सौखिनले मन भरुन्जेल यसलाई खान्छन् । आँप गुलियो, रसिलो र पौष्टिक हुन्छ । यसमा भिटामिन ए, सी र फाइबर उल्लेखनीय मात्रामा पाइन्छ । यो स्वाद अनि स्वास्थ्य दुवैका लागि फाइदाजनक हुन्छ । तर सीमित मात्रामा र विशेष तरिकाले सेवन गर्दा मात्रै यसको लाभ मिल्छ ।
तर केही मानिसहरूका लागि आँप खानु हानिकारक हुन सक्छ । आजको यस लेखमा हामी कुन कुन बिरामीले आँप खानु हुँदैन भनेर कुराकानी गर्नेछौँ ।
१. मधुमेहका बिरामी
आँपको स्वाद गुलियो हुन्छ, त्यसैले मधुमेहका बिरामीहरूले यसलाई सीमित मात्रामा वा डाक्टरको सल्लाहमा मात्र सेवन गर्नुपर्छ भन्ने कुरा स्पष्ट छ । आँप सेवन गर्नाले रगतमा चिनीको मात्रा द्रुत गतिमा बढ्न सक्छ ।
२. तौल घटाउन खोजिरहेका व्यक्ति
आँपको प्राकृतिक गुलियो र गर्मी प्रकृतिले केही रोगहरूलाई बढाउन सक्छ । विशेषगरी तौल घटाउन चाहनेहरू आँप खानबाट जोगिनुपर्छ । क्यालोरीको मात्रा बढी भएकोले धेरै आँप खाँदा तौल बढ्न सक्छ । सीमित मात्रामा यसको सेवन गर्नुहोस् ।
३. बारम्बार एसिडिटी वा ग्यासबाट पीडित व्यक्ति
ग्यास, एसीडीटी वा अपचबाट पीडित व्यक्तिहरूका लागि आँप राम्रो हुन्न । यसको सेवनले उनीहरूको समस्या अरु बढाउन सक्छ । केही व्यक्तिहरूको लागि खाली पेटमा आँप खानु उनीहरूको स्वास्थ्यको लागि हानिकारक हुन सक्छ ।
४. आँपको एलर्जी भएका व्यक्तिहरू
धेरै मानिसहरूलाई आँपको एलर्जी हुन्छ । आँप खाँदा मुखमा चिलाउने, घाँटीमा जलन हुने र छालामा बिबिरा आउने समस्या हुन सक्छ । तपाईंलाई पनि यस्तो हुन्छ भने आँपबाट बचेकै राम्रो ।
आँप आनुभन्दा १–२ घण्टा अघि यसलाई पानीमा भिजाउनुपर्छ, यसले आँपको गर्मी कम गर्छ ।
(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
-
सुदूरपश्चिम सरकारमा कांग्रेसले टुङ्ग्यायो मन्त्रीका नाम, आजै शपथ
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण