आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
अपराध

निर्माण व्यवसायी गौली पक्राउ

बुधबार, १६ वैशाख २०८३, १६ : ०७
बुधबार, १६ वैशाख २०८३

सारांश

  • केन्द्रीय अनुसन्धान ब्यूरोले निर्माण व्यवसायी ऋषिकेश गौलीलाई पक्राउ गरेको छ ।
  • गौलीमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको डाटा प्रणालीमा अनाधिकृत पहुँच बनाएर ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अघि नै त्यस्ता प्रस्तावको डकुमेन्ट परिवर्तन गरेको आरोप छ ।
  • संगठित अपराध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा गौलीमाथि थप अनुसन्धान भइरहेको छ ।

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले निर्माण व्यवसायी ऋषिकेश गौलीलाई पक्राउ गरेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको डाटा प्रणालीमा अनाधिकृत पहुँच बनाएर ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अघि नै त्यस्ता प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका गौली आशिष निर्माण सेवा प्रालिका सञ्चालक हुन् । उनलाई बुधबार काठमाडौँको पुरानो बानेश्वरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार गौलीमाथि संगठित अपराध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको छ ।

उक्त मुद्दामा हालसम्म १० निर्माण व्यवसायीसमेत गरी जम्मा १३ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप