क्लासिक टेकको नयाँ अफरः एक वर्ष इन्टरनेट जोड्दा चार वर्षसम्म टीभी सेवा निःशुल्क
काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकहरूका लागि ‘१ वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ ।
कम्पनीले ३०० एमबीपीएस गतिको उच्च गतिको इन्टरनेट जडान गर्ने ग्राहकलाई लक्षित गर्दै यो विशेष 'आईपी टीभी' अफर ल्याएको हो।
यस योजनाअन्तर्गत ग्राहकले एक वर्षको इन्टरनेट र टीभी प्याकेज जडान गर्दा थप तीन वर्षसम्म आइपी टीभी सेवा बोनसका रूपमा प्राप्त गर्नेछन्। यसरी एक पटकको जडानमा ग्राहकले कुल चार वर्षसम्म टीभी सेवाको लाभ लिन पाउनेछन्। यसका साथै, नयाँ प्रविधिको ‘वाइफाइ सिक्स’ राउटर समेत निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।
आर्थिक हिसाबले पनि निकै सुलभ मानिएको यो अफर दैनिक करिब ४० रुपैयाँको दरमा वार्षिक जडान गर्न सकिने कम्पनीले जनाएको छ । सामान्यतया मासिक ५०० रुपैयाँ पर्ने प्रिमियम टीभी सेवा यो अफर अन्तर्गत मात्र २०३ रुपैयाँमा उपलब्ध हुने भएकाले तीन वर्षको बोनस अवधिमा ग्राहकलाई ७,३२२ रुपैयाँ बराबरको प्रत्यक्ष फाइदा पुग्ने बताइएको छ । टीभीमा मनोरञ्जन, खेलकुद, बालबालिका र इतिहाससँग सम्बन्धित सयौँ एचडी तथा एसडी च्यानलहरू समावेश गरिएका छन्।
ग्राहकको तीव्र गतिको इन्टरनेट र गुणस्तरीय टीभीको आवश्यकतालाई मध्यनजर गर्दै यो योजना ल्याइएको क्लासिक टेकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण