अस्पतालमा स्वीकृतिबिना फोटो र भिडियो खिचे कारबाही हुन्छ– स्वास्थ्य मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र गैरकानुनी गतिविधि नगर्न र नगराउन कडा चेतावनी दिएको छ ।
बिरामी र स्वास्थ्यकर्मीको स्वीकृतिबिना फोटोरभिडियो खिच्ने, भिडभाड गर्ने तथा उपचारमा अवरोध पुऱ्याउने गुनासो बढेपछि मन्त्रालयले यो कदम चालेको हो ।
मन्त्रालयले आज एक विज्ञप्ति निकाल्दै अस्पताल संवेदनशील क्षेत्र भएकाले स्वीकृतिबिना भिडियो बनाउने, स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने वा दबाब दिने कार्य स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ र मुलुकी अपराध संहिता २०७४ को ठाडो उल्लङ्घन भएको स्पष्ट पारेको हो ।
यस्ता कार्यले बिरामीको गोपनीयता हनन र उपचार प्रक्रियामा असर पर्ने हुँदा स्वीकृतिबिना फोटो वा भिडियो नखिच्न मन्त्रालयले अनुरोध गरेको छ ।
कानुनविपरीत कार्य गर्नेलाई कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ । उपचारमा त्रुटि भए सम्बन्धित निकायमा उजुरी गर्न सकिने विकल्प पनि मन्त्रालयले सुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण