युवा उद्यमशीलतालाई केन्द्रमा राखेर बजेट ल्याउँछौँः मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने बताएका छन् ।
प्रदेश युवा परिषद् विकास समितिले बिहीबार आयोजना गरेको नमुना युवा संसद् कार्यक्रमका सहभागी युवासँगको छलफलमा मुख्यमन्त्री आचार्यले युवालाई स्वरोजगार बनाउन उद्यमशीलताको क्षेत्रलाई केन्द्रमा राखिने स्पष्ट पारे ।
उनले प्रदेश सरकारले बजेट तथा कार्यक्रममार्फत युवामैत्री नीति ल्याउने र बैंकिङ प्रणालीमार्फत उद्यमशीलताका लागि लगानी परिचालन गर्ने योजना सुनाए ।
युवाहरू वर्तमानका हिस्सेदार र भविष्यका कर्णधार भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले असल नागरिकका रूपमा प्रस्तुत हुँदै राष्ट्र निर्माणमा सक्रिय हुन युवालाई आह्वानसमेत गरे ।
राष्ट्रियता, धर्म र संस्कृतिप्रति सचेत रहन उनले युवाहरूलाई आग्रह गरे । ‘राष्ट्रियता कमजोर भयो भने मुलुक पनि कमजोर हुन्छ,’ उनले भने, ‘राष्ट्रियताको भावना विकासमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ ।’
मुख्यमन्त्री आचार्यसँग भएको छलफलमा प्रदेश युवा परिषद् विकास समितिका कार्यकारी उपाध्यक्ष हंशराज खनाल, सदस्य राधा बस्नेत (रिया) लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीबाट अभौतिक मुद्रा कारोबारमा संलग्न ९ जना पक्राउ
-
बागमती सरकारबाट एमाले बाहिरिँदै, अब के होला ?
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा
-
टेकु गोली प्रकरण : लागुऔषध बोकेर आजै काठमाडौँ आएका थिए राज
-
धादिङमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण