शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
अपडेट

डोजर चलाउने तयारीपछि कालीमाटी तरकारी बजारमा सवारी प्रवेशमा रोक

शुक्रबार, १८ वैशाख २०८३, ०८ : ००
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • आजबाट काठमाडौँ उपत्यकामा बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण अभियान सुरु भएको छ ।
  • सरकारले डोजर चलाउने तयारी गरेका स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
  • कालीमाटी तरकारी बजारमा सवारी प्रवेशमा रोक लगाइएको छ ।

काठमाडौँ । दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण अभियान आजबाट सुरु भएको छ । 

सरकारले डोजर चलाउने तयारी गरेका स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । कतिपय स्थानमा सुरक्षाकर्मीले सामान सार्न सहयोग गरिरहेका छन् ।

कालीमाटी तरकारी बजारमा भने अहिले सवारी जान रोक लगाइएको छ । गएका सवारी मात्रै फर्किन दिइएको छ। यहाँ स्थित बागमती नदी किनारमा डोजर लगाउने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप