देशका विभिन्न मुख्य राजमार्गमा बाढी र पहिरोको अवरोध
सारांश
- देशका विभिन्न भागमा परेको वर्षाका कारण आएको बाढी र पहिरोले गर्दा मुख्य राजमार्गहरूमा आवागमन प्रभावित भएको छ।
- कोशी राजमार्ग, अरनिको राजमार्ग, र मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
- पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग, र बेनी–जोमसोम सडकखण्ड जस्ता केही राजमार्गहरू एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्।
काठमाडौँ । देशका विभिन्न भागमा परेको वर्षाका कारण आएको बाढी र पहिरोले गर्दा मुख्य राजमार्गहरूमा आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीका केही प्रमुख राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ।
भोटखोला गाउँपालिका-४, बरुणमा वैशाख १७ गते गएको पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका-२, कोदारीस्थित ईकुमा वैशाख १६ गते गएको पहिरोले गर्दा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द छ।
मध्यनेपाल नगरपालिका–१०, बिमिरेभञ्ज्याङमा वैशाख १७ गते गएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
कपिलवस्तुको शिवराज नगरपालिका-१, चोरखोलामा आज गएको पहिरोपछि पूर्व–पश्चिम राजमार्ग एकतर्फी रूपमा सुचारु गरिएको छ।
भोजपुरको भोजपुर नगरपालिका–५, बोखिममा वैशाख १२ गते आएको बाढीका कारण मध्यपहाडी लोकमार्गमा क्षति पुगेको थियो, जुन हाल एकतर्फी रूपमा सञ्चालनमा छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, जलथलेमा वैशाख १६ गते गएको पहिरोपछि बेनी–जोमसोम सडकखण्ड एकतर्फी मात्र खुला गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण